शुक्रबार, वैशाख २१ गते २०८१
Logo
शुक्रबार, वैशाख २१ गते २०८१

आन्दोलनमा क्षति गरेको भन्दै जरिवाना तिर्न राप्रपालाई महानगरको पत्र

आन्दोलनमा क्षति गरेको भन्दै जरिवाना तिर्न राप्रपालाई महानगरको पत्र

साझा पोष्ट
शुक्रबार, वैशाख ७ २०८१
  • images
    आन्दोलनमा क्षति गरेको भन्दै जरिवाना तिर्न राप्रपालाई महानगरको पत्र
    images

    काठमाडौं । आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिमा क्षति भएको दाबी गर्दै काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई जरिवाना तिर्न पत्र पठाएको छ ।


    images
    images

    शुक्रबार राप्रपाको कार्यालय धुम्बाराहीमा महानगरले पत्र पठाएको बताइएको छ ।  ट्राफिक आइल्याण्डमा क्षति पुगेकाले मर्मत गर्न लाग्ने शुल्क २२२ रुपैयाँ र फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३९ बमोजिम ५ हजार जरिवाना तिराउने निर्णय भएको भन्दै महानगरले पत्र पठाएको छ ।

    पत्रमा एनआईसी एसिया बैंकमा रहेको खातामा रकम दाखिला गर्न भनिएको छ । 

    ktm-mahanagar-rpp.png

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार