शुक्रबार, जेठ ४ गते २०८१
Logo
शुक्रबार, जेठ ४ गते २०८१
images

भारतबाट ब्यान्डविथमा अवरोध भएपछि नेपालमा इन्टरनेटमा समस्या

भारतबाट ब्यान्डविथमा अवरोध भएपछि नेपालमा इन्टरनेटमा समस्या

साझा पोष्ट
बिहीबार , वैशाख २० २०८१
  • images
    भारतबाट ब्यान्डविथमा अवरोध भएपछि नेपालमा इन्टरनेटमा समस्या
    images

    काठमाडौं । भारतबाटै ब्यान्डविथ आपूर्ति रोकिंदा नेपालमा इन्टरनेट सेवा अवरुद्ध भएको छ ।

    images
    images
    images

    इन्टरनेट सेवा प्रदायकले खरिद गरेको अन्तर्राष्ट्रिय इन्टरनेट ब्यान्डविथबापतको रकम भुक्तानी गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विदेशी मुद्रा सटही सुविधा रोक्दा भारतीय अपस्ट्रिम इन्टरनेट सेवा प्रदायकले भुक्तानी नपाएको भन्दै ब्यान्डविथ आपूर्ति बन्द गरिदिएको हो ।

    images
    images

    मुख्य इन्टरनेट सेवाप्रदायक कम्पनीहरु वर्ल्डलिंक, सुबिसु, भायानेट, सीजी लगायतका कम्पनीका इन्टरनेट सेवा बिहीबार साँझदेखि प्रभावित भएका छन् । नेपाललाई अन्तर्राष्ट्रिय ब्यान्डविथ बेचिरहेका भारतीय कम्पनी एयरटेलले एक्कासी आपूर्ति रोकेको हो । नपालमा मुख्यतया भारतबाट इन्टरनेट ब्यान्डविथ भित्रिने गरेको छ। एयरटेल कम्पनीले उक्त ब्यान्डविथ नेपाललाई प्रदान गर्छ। 

    अहिले नेपाली इन्टरनेट सेवाप्रदायकलाई सटही सुविधा रोकिदिएको छ।  कर विवादको कारण सरकारले कम्पनीहरुलाई उक्त सुविधा रोकिदिएको हो। 

    यसले कम्पनीहरुले एयरटेललाई तिर्नुपर्ने करिब ३ अर्ब रुपैयाँ भुक्तानी झण्डै वर्ष दिनयता हुन सकेको छैन। नेपालमा भित्रिने ब्रोडब्यान्डमध्ये करिब ७० प्रतिशत भारतबाटै आउँछ। 

    भुक्तानीमा समस्या भएकाले अहिले इन्टरनेट सेवामा अवरोध भएको इन्टरनेट सेवा प्रदायहरुले ग्राहकलाई गरेको एसएमसबाट बुझ्न सकिन्छ । सेवा प्रदायकहरुले ‘ इन्टरनेटमा समस्याका लागि क्षमा चाहान्छौं, समाधानका लागि एयरटेलसँग सहकार्य गरिरहेका छौं । धन्यवाद ।’ लेखेर पठाएका छन् । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार