बिहीबार , वैशाख २० गते २०८१
Logo
बिहीबार , वैशाख २० गते २०८१

भारतमा आज पहिलो चरणको लोकसभा चुनाव, १ सय २ सिटका लागि मतदान हुँदै

भारतमा आज पहिलो चरणको लोकसभा चुनाव, १ सय २ सिटका लागि मतदान हुँदै

साझा पोष्ट
शुक्रबार, वैशाख ७ २०८१
  • images
    भारतमा आज पहिलो चरणको लोकसभा चुनाव, १ सय २ सिटका लागि मतदान हुँदै
    images

    काठमाडौं । विश्वको सबै भन्दा ठूलो लोकतन्त्र मानिने भारतमा नयाँ सरकार चुन्न आज शुक्रबारदेखि  आम चुनाव हुँदैछ ।
    लोकसभाको ५ सय ४३ सिटका लागि डेढ महिना लगाएर सात चरणमा चुनाव हुनेछ ।


    images
    images

    पहिलो चरणमा २१ राज्यको १ सय २ निर्वाचन क्षेत्रमा आज मतदान भैरहेको छ ।  उत्तर प्रदेशको ८, बिहारको ४, मध्यप्रधदेशको ६, राजस्थानको १२, उत्तराखंडको सबै ५ सिटका लागि मतदान भैरहेको छ । 


    त्यस्तै, पश्चिम बंगालको ३, असमको ४, मेघालयको २, अरुणाचलको २ ,छत्तीसगढको १ महाराष्ट्रको ५, तमिलनाडुको ३९, मिजोरमको १, नागालैंडको १, सिक्किमको १ र त्रिपुराको १ सिटमा भोलि मतदान हुँदैछ ।


    पहिलो चरणमा तमिलनाडु, उत्तराखण्ड, अरुणाचल, मेघालय, अंडमान निकोबार द्विप, मेघालय, मिजोरम, नागालैंड, पड्डुचेरी र सिक्कमको सबै निर्वाचन क्षेत्रको मतदान पूरा हुनेछ ।

    नेपालसँग सिमा जोडिएको उत्तराखण्डको अलमोडा र नैनिताल, त्यस्तै उत्तरप्रदेशको पिलिभित निर्वाचन क्षेत्रमा पहिलो चरणमा निर्वाचन हुँदैछ । परिणाम भने ४ जुनमा मात्रै आउने छ ।

    पहिलो चरणको मतदानका लागि मतदाता लोभ्याउन सत्तारुढ भारतीय जनता पार्टी र भारतीय कांग्रेस नेतृत्वको विपक्षी इन्डिया गठबन्धन पुरा शक्तिका साथ लागेका छन् । 
    सन् २०१४ देखि लगातार दोस्रो कार्यकाल भाजपाले चुनाव जितेको छ । नरेन्द्र मोदी १० वर्षदेखि प्रधानमन्त्री छन् । उनी  तेस्रो कार्यकाल पनि जित्नेमा ढुक्क देखिएका छन् । विपक्षी गठबन्धनले पनि यसपटक मोदी फाल्न पुरा जोड लगाएको छ ।  ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार