काठमाडौं। जनकपुरधाम उपमहानगरपालिका १६ पुल चोकको रेल्वे लिक नजिकैको पोखरीको डिलमा एक युवती र बालिका जलेको अवस्थामा मृत फेला परेका छन् ।
जलिरहेको अवस्थामा देखेपछि स्थानीयले बुधवार राति करिब ९ बजे प्रहरीमा खबर गरेका थिए, तर प्रहरी पुग्दासम्म दुबैको मृत्यु भइसकेको थियो ।
मृतक युवती महोत्तरीको मनरासिसा नगरपालिका २ की २३ वर्षीया प्रियंका महतो रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।
उनका अनुसार जलेर मृत्यु भएकी बालिका करिब ८–९ महिनाकी छन् । उनी मृतक युवतीकै छोरी रहेको अनुमान छ । तर पुष्टि भएको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।