काठमाडौं । बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब आर्सनललाई बुधबार राति भएको दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को जित निकाल्दै जर्मन टोली बायर्न अन्तिम चारमा पुगेको हो ।
जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो । उनले ६३ औं मिनेटमा गोल गरेका थिए । आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो ।यो सिजन जर्मन बुन्डेस लिगा उपाधिबाट विमुख भएको बायर्न च्याम्पियन्स लिग जित्ने सम्भावनालाई भने जीवित राखेको छ । सेमिफाईनलमा बायर्नले रियल म्याड्रिडसँग खेल्नेछ ।