बिहीबार , वैशाख २० गते २०८१
Logo
बिहीबार , वैशाख २० गते २०८१

दीपेन्द्र टी-२० अन्तर्राष्ट्रियमा एकै ओभरमा ६ छक्का हान्ने विश्वकै तेस्रो खेलाडि

दीपेन्द्र टी-२० अन्तर्राष्ट्रियमा एकै ओभरमा ६ छक्का हान्ने विश्वकै तेस्रो खेलाडि

साझा पोष्ट
शनिबार, वैशाख १ २०८१
  • images
    दीपेन्द्र टी-२० अन्तर्राष्ट्रियमा एकै ओभरमा ६ छक्का हान्ने विश्वकै तेस्रो खेलाडि
    images

    काठमाडौं । नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का हान्ने विश्वकै तेस्रो खेलाडी बनेका छन् ।


    images
    images

    ओमानमा जारी एसीसी प्रिमियर कपमा दीपेन्द्रले कतारविरुद्ध टी–२० आईमा एकै ओभरमा ६ छक्का हाने हानेका हुन् । दीपेन्द्रले ओमानको अल अमरेत क्रिकेट मैदानमा कतारका कमरान खानलाई २० औं ओभरका सबै बलमा छक्का हाने । 

     दीपेन्द्रले २१ बलमा ३ चौका र ७ छक्कासहित ६४ रनको इनिङ खेले । दीपेन्द्र नेपालबाट कुनैपनि अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का हान्ने पहिलो बने  । दीपेन्द्रअघि टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा दुई खेलाडिले ६ छक्का हानेका छन् । 

    युवराज सिंह

    भारतका पूर्व आक्रामक ब्याटर एवम् अलराउण्डर युवराज सिंहले २००७ को टी–२० विश्वकपमा इंग्ल्यान्डका तीव्र गतिका बलर स्टुअर्ट ब्रोडलाई १९ औं ओभरमा ६ छक्का हानेका थिए । युवराज टी–२० आईमा एकै ओभरमा ६ छक्का हान्ने पहिलो खेलाडी हुन् ।

    काइरन पोलार्ड

    वेस्टइन्डिजका पूर्वकप्तान काइरन पोलार्डले २०२१ को टी–२० आई सिरिजमा श्रीलंकाका स्पिनर अकिला धनञ्जयलाई छैटौं ओभरमा ६ छक्का हानेका थिए । उनी पनि अलराउण्डर हुन् । 

    दीपेन्द्र टी–२० आईमा एकै ओभरमा ६ छक्का हान्ने तेस्रो भएपनि समग्र अन्तर्राष्ट्रिय क्रिकेटमा ६ छक्का हान्ने पाँचौं खेलाडी हुन् । 

    हर्सल गिब्स

    दक्षिण अफ्रिकाका ब्याटर हर्सल गिब्सले २००७ को एकदिवसीय विश्वकप क्रिकेटमा नेदरल्यान्ड्सविरुद्ध एकै ओभरमा ६ छक्का हानेका थिए ।

    उनले नेदरल्यान्ड्सका डान भान बंगेलाई ३० औं ओभरमा ६ छक्का हानेका थिए । हर्सल अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का हान्ने पहिलो खेलाडी हुन् ।

    जसकरण मलहोत्रा

    अमेरिकाका ब्याटर जसकरण मलहोत्राले २०२१ मा पपुवा न्युगिनीविरुद्ध ओडीआई खेलमा एकै ओभरमा ६ छक्का हानेका थिए । अन्तिम ओभरमा गौडी टोकालाई एकै ओभरमा छक्का हानेका थिए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार