मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

नेपाली बैंक डुब्ने अवस्थामा छैनन्, कुनै हालतमा पनि डुब्न दिँदैनौं : गभर्नर अधिकारी

नेपाली बैंक डुब्ने अवस्थामा छैनन्, कुनै हालतमा पनि डुब्न दिँदैनौं : गभर्नर अधिकारी

साझा पोष्ट
मंगलबार, फागुन १५ २०८०
  • images
    नेपाली बैंक डुब्ने अवस्थामा छैनन्, कुनै हालतमा पनि डुब्न दिँदैनौं : गभर्नर अधिकारी
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाली बैंक डुब्ने अवस्थामा नरहेको दाबी गरेका छन्। सोमबार नेपाल बैंकर्स संघले आयोजना गरेको ‘नेपालको बैंकिङ प्रणालीको पछिल्लो अवस्था र आगामी बाटो’ विषयक अन्तरक्रियामा बोल्दै गभर्नर अधिकारीले यस्तो दाबी गरेका हुन्। 

    images
    images

    उनले राष्ट्र बैंकले नियमन र अनुगमन गर्ने बैंक तथा वित्तीय संस्थाहरुलाई कुनै हालतमा पनि डुब्न नदिने प्रतिबद्धता जनाए। राष्ट्र बैंकको नियमनमा चल्ने बैंक तथा वित्तीय संस्थाको वचत सुरक्षित गर्ने मेकानिजम राष्ट्र बैंकसँग भएकाले नेपाली बैंक डुब्ने अवस्था नभएको उनको भनाइ थियो। गभर्नर अधिकारीले नेपालको बैंकिङ प्रणाली धेरै हदसम्म बलियो रहेको उल्लेख गरे। 

    images
    images

    राष्ट्र बैंकले ल्याउने नीतिहरु बैंकिङ क्षेत्रलाई बलियो बनाउने किसिमका रहेको भन्दै पारदर्शी रुपमा काम गरिरहेको बैंक तथा वित्तीय संस्थालाई त्यत्तिकै डुब्न नदिने उनले दाबी गरे। उनले अहिलेको अवस्थामा नेपालका बैंक वित्तीय संस्थाहरु डुब्ने अवस्थामा नभएको भन्दै साना–साना संस्था सो अवस्थामा आए पनि तिनको नियमन गरी सुधार गर्ने राष्ट्र बैंकसँग मेकानिजम रहेको दाबी गरे। 


    गभर्नर अधिकारीले अर्थतन्त्र संकुचनमा रहेको कारण बजारमा मागमा कमी आएको बताए। ठूला ऋणीले ऋण माग्न सक्ने अवस्था नरहेको भन्दै मुलुकको निर्माण क्षेत्र समेत सुस्तता रहेको गभर्नर अधिकारीको भनाइ छ। उनले निर्माण क्षेत्रलाई चलायमान बनाउनसके आर्थिक गतिविधि समेत वृद्धि हुने विश्वास व्यक्त गरे। गभर्नर अधिकारीले १४ महिनाको आयात धान्नसक्ने विदेशी मुद्रा सञ्चिति मुलुकको अर्थतन्त्र सकारात्मक अवस्थामा रहेको बताए।

    विदेशी मुद्रा सञ्चितिले बैंकको तरलतामा सहजता ल्याएको र राज्यले चाहेको कुरा आयात गर्नसक्ने अवस्था सिर्जना भएको उनले उल्लेख गरे। गभर्नर अधिकारीले विगतमा बैंकहरुबाट ग्राहकहरुले ऋण लिनेले क्षमताभन्दा बढी ऋण लिएका कारण हालको समस्या निम्तिएको धारणा राखे। उनले ऋणहरुले आफ्नो क्षमता भन्दा बढी ऋण लिँदा समयमा तिर्न नसकेको र बैंकले पनि क्षमता हेरेर ऋण नदिँदा वर्तमान समस्या उत्पन्न भएको बताए। 

    गभर्नर अधिकारीले राजनीतिक पार्टीका नेतृत्व देखि बैंक बुझ्ने धेरैले बैंक अराजक, सामन्ती र मिटरब्याजी भए भनेर गाली गरिरहेको बताए। नेपालका कुनै पनि बैंकहरु अराजक, सामन्ती र मिटरब्याजी भएको नपाएको दाबी उनले गरे। उनले अहिले बैंकको आम्दानी घटेको बताए। आफू गभर्नर भएर राष्ट्र बैंक आउँदा ७० अर्ब रहेको नाफा अहिले त्यो अवस्थामा पुग्नसक्ने अवस्था नरहेको उल्लेख गरे। ३२ खर्ब बैंकको पुँजी बढेर ५० खर्ब पुग्दा पनि ७० अर्ब नाफा पुग्न नसक्ने अवस्थामा ‘कसरी बैंक साहु महाजन भए? भन्दै उनले प्रश्न गरे।

    अधिकारीले बैंक तथा वित्तीय संस्था डुब्दा मुलुकमा कस्तो असर पर्छ भन्ने विषयमा सबैले ध्यान दिन आवश्यक रहेको बताए । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था फेल नहुन् भनेर मर्जरको लहर चलाएको पनि दाबी गरे । —न्युज एजेन्सी नेपाल

     

    प्रतिक्रिया हरु
    थप समाचार