सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

आगामी आर्थिक वर्षका लागि १८ खर्बको बजेट सिलिङ

आगामी आर्थिक वर्षका लागि १८ खर्बको बजेट सिलिङ

साझा पोष्ट
शुक्रबार, फागुन ४ २०८०
  • images
    आगामी आर्थिक वर्षका लागि १८ खर्बको बजेट सिलिङ
    images

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१\८२ का लागि १८ खर्बको बजेट सिलिङ तोकेको छ।

    images
    images

    राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा रहने स्रोत समितिले १८ खर्ब बराबरको सिलिङ तोकेको शुक्रबार मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा.प्रकाशशरण महतले  जानकारी दिए । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ नेतृत्वको स्रोत समितिले आगामी आर्थिक वर्षका लागि १८ खर्बको बजेट सिलिङ तयार पारेको हो। चालु आर्थिक वर्ष २०८०–८१ को बजेट १७ खर्ब ५१ अर्ब छ।

    images
    images

    योभन्दा आगामी आर्थिक वर्षको बजेट आधा खर्ब बढी हुने भएको हो। ‘अर्धवार्षिक समीक्षामा कति खर्च भयोरु अब लक्ष्य कति गर्न सकिन्छ भन्ने कुरा मात्रै समीक्षामा भएको  हो’, उनले भने, ‘तर बजेट कटौती भने भएको छैन।’

    पत्रकार सम्मेलनमा मन्त्री महतले संसदबाट पारित भएको बजेट अर्थमन्त्रालय एक्लैले संशोधन गर्न नसक्ने भन्दै खर्च र आम्दानीको लक्ष्य नपुग्ने अनुमान मात्र गरिएको उनले जानकारी दिए ।सञ्चारमाध्यमले बजेट घटाएको व्याख्या गर्दै समाचार छापेपछि स्पष्ट पार्न पत्रकार सम्मेलन गर्नुपरेको मन्त्री महतले बताए ।

    प्रतिक्रिया हरु
    थप समाचार