मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

६ महिनामा ७ खर्ब ३३ अर्ब रेमिट्यान्स भित्रियो, २५.३ प्रतिशतले वृद्धि

६ महिनामा ७ खर्ब ३३ अर्ब रेमिट्यान्स भित्रियो, २५.३ प्रतिशतले वृद्धि

साझा पोष्ट
मंगलबार, माघ २३ २०८०
  • images
    ६ महिनामा ७ खर्ब ३३ अर्ब रेमिट्यान्स भित्रियो, २५.३ प्रतिशतले वृद्धि
    images

    काठमाडौं । चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा नेपालमा रेमिट्यान्सको आप्रवाह २५.३ प्रतिशतले बढेको छ । 

    images
    images


    नेपाल राष्ट्र बैंकले वर्तमान आर्थिक तथा वित्तीय अवस्थाको रिपोर्ट सार्वजनिक गर्दै चालू आर्थिक वर्षको ६ महिनामा २५.३ प्रतिशतभन्दा धेरैले रेमिट्यान्स बढेको जानकारी दिएको हो।पुस मसान्तसम्म आइपुग्दा रेमिट्यान्स २५.३ प्रतिशतले बढेर ७३३ अर्ब २२ करोड पुगेको छ।

    images
    images

    अघिल्लो वर्षको यही अवधिमा रेमिट्यान्स आप्रवाह २४.३ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २२.६ प्रतिशतले बढेर ५ अर्ब ५२ करोड पुगेको छ। अघिल्लो वर्ष यो १३९ प्रतिशतले बढेको थियो।पुस मसान्तसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ७ हजार ९७० र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ३५ हजार ४३५  छ।


    अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ७५ हजार ६४३ र १ लाख ४२ हजार ५४८  थियो।२०८० पुससम्म खुद ट्रान्सफर २४ प्रतिशतले बढेर ७९९ अर्ब ५१ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २२।७ प्रतिशतले बढेको थियो।

    प्रतिक्रिया हरु
    थप समाचार