मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

शेयर बजारमा झण्डै १० अर्बको कारोबार 

शेयर बजारमा झण्डै १० अर्बको कारोबार 

साझा पोष्ट
बुधबार, माघ ३ २०८०
  • images
    शेयर बजारमा झण्डै १० अर्बको कारोबार 
    images

    काठमाडौं । शेयर बजारमा बुधवार  झण्डै १० अर्बको कारोबार भएको छ। लामो समयपछि यति ठूलो  कारोबार भएको हो। नेप्से परिससूचक १२.१० अंकले घटे पनि कारोबार रकम उच्च भयो । दिउँसो १ बजे २२ सय नाघेको नेप्से कारोबार बन्द हुँदासम्म २१६३.०६ विन्दुमा झरेर रोकिएको हो। बुधबार ३ करोड ३५ लाख कित्ता सेयर बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। 

    images
    images

     आज ६३ कम्पनीको सेयर मूल्य बढे पनि १८० कम्पनीको घटेको र चारवटाको उही मूल्यमा कारोबार भएको छ। आज ग्लोबल आईएमई लघुवित्त र नेपाल वेयरहाउजिङ कम्पनीको सेयरमा सकारात्मक सर्किट लाग्दा लगानीकर्ताले कमाएका छन्। त्यसैगरी हिमालयन रि इन्स्योरेन्सको सेयर पनि ९.९९ प्रतिशतले बढेको छ। 

    images
    images

     इस्टर्न हाइड्रो, भूगोल इनर्जी, मुक्तिनाथ कृषि कम्पनीलगायतका सेयरधनीले धेरै गुमाएको नेप्सेले जनाएको छ।  लगानीकर्ताले आज १० प्रतिशतसम्म गुमाएका छन्।

    पौने १० अर्बको सेर किनबेचमा हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा उच्च कारोबार भएको छ। यो कम्पनीको ६५ करोड ८४ लाख रुपैयाँको सेयर किनबेच भएको छ।  यसबाहेक ङादी पावरको ३३ करोड र सोनापुर मिनरल्सको २९ करोडको कारोबार भएको छ। 

     

    प्रतिक्रिया हरु
    थप समाचार