मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

नेपाल र भारतबीच दीर्घकालीन विद्युत व्यापार सम्झौतामा हस्ताक्षर

नेपाल र भारतबीच दीर्घकालीन विद्युत व्यापार सम्झौतामा हस्ताक्षर

साझा पोष्ट
बिहीबार , पुस १९ २०८०
  • images
    नेपाल र भारतबीच दीर्घकालीन विद्युत व्यापार सम्झौतामा हस्ताक्षर
    images

    काठमाडौँ ।  नेपाल र भारत सरकारबीच दीर्घकालीन विद्युत व्यापार सम्झौतामा हस्ताक्षर भएको छ ।

    images
    images

    सिंहदरबारमा नेपालका तर्फबाट ऊर्जा सचिव गोपालप्रसाद सिग्देल र भारतका तर्फबाट भारतीय ऊर्जा सचिव पङ्कज अग्रवालले सम्झौतामा हस्ताक्षर गरेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबाट १० वर्षका लागि १० हजार मेगावाट बिजुली किन्ने घोषणा गरेका थिए । 

    images
    images

    नेपाल र भारतबिच १० हजार मेगावाट बिजुली किनबेच गर्ने सम्झौताले अन्तिमरुप पाएपछि भने बिजुलीलाई वस्तु जस्तै किनबेच गर्न सकिनेछ । हाल नेपालबाट भारततर्फ साढे ६ सय मेगावाट बिजुली निर्यात हुँदै आइरहेको छ । यो सम्झौता सम्पन्न भएसँगै नेपाललाई बढी हुने सबै बिजुली भारत निर्यात हुनेछ ।

    यसबाहेक, जयशंकरको भ्रमणका क्रममा तीन वटा प्रसारणलाईन समेत उद्घाटन हुनेछ । भ्रमणका क्रममा नेपाल र भारतका विदेशमन्त्रीले संयुक्तरुपमा १२३ केभिए क्षमताको कटैया–कुशाहा प्रसारणलाइनको दोस्रो खण्ड उद्घाटन गर्नेछन् ।

    यसबाहेक, १३२ केभीए क्षमताकै रक्सौल–परवानिपुर प्रसारणलाइनको दोस्रो खण्ड र १३२ केभीए क्षमताकै नौतन्या–मैन्हिया प्रसारणलाई समेत उद्घाटन हुने ऊर्जा मन्त्रालयले जानकारी दिएको छ ।

    प्रतिक्रिया हरु
    थप समाचार