मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

'लुम्बिनी एक्स्पो' अर्थात् आफै ब्राण्ड 

'लुम्बिनी एक्स्पो' अर्थात् आफै ब्राण्ड 

साझा पोष्ट
आइतबार, पुस १५ २०८०
  • images
    'लुम्बिनी एक्स्पो' अर्थात् आफै ब्राण्ड 
    images

    सुमन अधिकारी
    बुटवल । अहिलेको समय मेला महोत्सवको हो । मंसिर महिनादेखि जिल्ला जिल्लामा मेला महोत्सव लाग्ने गर्दछन् । विषेश गरी  स्थान विशेषको महत्वलाई परिचित गराउदै आर्थिक गतिविधिलाई चलायमान गराउन विभिन्न व्यवसायिक संघसंस्थाले मेला महोत्सव आयोजना गर्छन् । आयोजक संस्थाको उद्देश्य र लक्ष्य अनुसार मेला महोत्सवको नाम र स्वरुपमा केही भिन्नता रहेपनि उनीहरुले दिने सन्देश एउटै छ । 
    यसै सन्दर्भमा रुपन्देही व्यापार संघको आयोजनामा पुष ५ गते विहिवारदेखि बुटवलमा लुम्बिनी एक्स्पो २०८०, अन्तर्राष्ट्रिय व्यापार मेला चलिरहेको छ । ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ चलिरहेको एक्स्पोले केही नयाँ र केही बासी कुरा एक्स्पोज गरेको छ । समग्रमा जारी एक्स्पो उपभोक्ताका लागि मनोरञ्जनको थलो, खरिदबिक्रिको केन्द्र र रमाइलो गर्ने स्थान बनेको छ । व्यापार मेला पुष १८ गतेसम्म चल्नेछ। 
     
    मेलामा विभिन्न प्रकृतिका ६ सयभन्दा बढी स्टल छन् । उपभोक्ताको चाहाना र व्यवसायीक प्रकृतिलाई ध्यानमा राखेर मेलामा होटल तथा रेष्टुरेन्ट, उनी, गार्मेन्ट तथा तयारी पोशाक, कृषि, ब्याग÷जुत्ताचप्पल, श्रृंगार, उपहार तथा खेलौनाका, फर्निचर तथा फर्निसिङ, किचन एण्ड प्लाष्टिक सामान बैंक/वित्तिय संस्था एवं शैक्षिक संस्था, अटोमोवाइल्स, आइटी, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स, आइसक्रिम तथा बेकरीज लगायतका स्टलहरु समावेश गरिएको छ । मेलाको आयोजनाका कारण बुटवल मण्डप क्षेत्रमा चहलपहल बढेको छ । मेलाले बुटवल क्षेत्रको आर्थिक गतिविधि चलायनमान भएको छ । 
    बुटवलमा  हुने मेला प्रदर्शनीहरुप्रति देशभरबाट चासो व्यक्त हुने र अन्यले सिको गर्ने भएका कारण त्यसको स्तरमा कुनै कमी हुन नदिने गरी काम भैरहेको मुल आयोजक समितिका सहसंयोजक तथा संघका द्वितीय उपाध्यक्ष दीपक अधिकारी बताउँछन् । 
    एक्स्पोमा सुरक्षा कम्पनीको सहभागितामा एक्स्पोको तर्फबाट आवश्यकता अनुसार सुरक्षा प्रबन्ध मिलाइएको छ भने सशस्त्र र जनपद प्रहरीको संयुक्त गस्ती समेछ छ । एक्स्पोको सुरक्षालाई ध्यानमा राख्दै व्यवस्थित रुपमा ध्यान दिएको सुरक्षा उपसमितिका संयोजक अर्जुन भट्टराईले बताए । 

    images
    images

    प्रवेशद्वारमा लुम्बिनीको झल्को
     
    एक्स्पोको मुख्य प्रवेशद्वार शान्तिका अग्रदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरको आकारमा बनाइएको छ ।   मायादेवी  मन्दिरको दुरूस्तै आकार झल्किने गरी मूल प्रवेशद्वार निर्माण गरिएको छ । विश्व शान्तिको मुहान र आस्थाको केन्द्र लुम्बिनीको झल्को दिने गरि कपडा र वासको प्रयोगबाट सो गेट निर्माण गरिएको छ । रुपन्देही व्यापार संघका कार्यालय प्रमुख सरोज पोखरेलका अनुसार यसले दर्शकलाई आकर्षित गरिरहेको  छ । gatbandhan_dal.jpg

    images
    images

    मेलाको सान्दर्भिकता र प्रभाव 

    मेला आयोजक संस्था रुपन्देही व्यापार संघका अध्यक्ष तथा मुल आयोजक समितिका संयोजक कृष्णप्रसाद घिमिरे संघले यस क्षेत्रको अर्थतन्त्रको सबलताका लागि वाणिज्य, उद्योग, पर्यटन, शिक्षा, स्वास्थ्य, यातायात र कृषिको विकास आवश्यक आधारहरु हुन् भन्ने मान्यताकासाथ त्यसलाई चलायमान बनाउन मेलालाई एक थलोको रुपमा ग्रहण गरेको बताउँछन् ।भगवान गौतम बुद्धको जन्मभूमि, तत्कालीन  ब्रिटिश साम्राज्यवादलाई हराउन सफल ऐतिहासिक जितगढी किल्ला, आदिमानव रामापिथेकसको भूमि भएकोले पनि यस क्षेत्रको महत्व अझै बढेको देखिन्छ । त्यसैले त्यसको प्रचारप्रसार गर्दै पर्यटन क्षेत्रको विकासमा संघले जोड दिएको संघका वरिष्ठ उपाध्यक्ष डिल्लीराज भण्डारीले बताउँछन्।
    संघले मेला तथा महोत्सवको माध्यमद्वारा सबै उपभोक्ता एवं सरकारको ध्यान केन्द्रित गराई यस क्षेत्रलाई व्यापारिक तथा औद्योगिक केन्द्रको रुपमा विकास गर्ने लक्ष्य राखेको छ । 

    महोत्सवको उद्देश्य 
    यस क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको व्यापार केन्द्रको रुपमा विकास गर्ने, युवाहरुको विदेश पलायनलाई निरुत्साहित गर्दै स्थानीय वस्तु तथा सेवाको बजार प्रद्र्धनमा टेवा पुर्याउने महोत्सवको उद्देश्य छ । त्यसैले यसको आयोजना पनि त्यसै अनुसार गरिएको संघका पूर्व अध्यक्ष तथा एक्स्पो २०७५ को मुल आयोजक समितिका संयोजक पदम प्रसाद श्रेष्ठको दाबी छ। शिथिल देखिएको अर्थतन्त्र चलायमान बनाउने र स्थानीय उत्पादनको प्रवद्र्धन गर्नुकासाथै आम नागरिकमा व्यवसायिक चेतना अभिवृद्धि गर्दै पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रमा अवसरको खोजी  गर्न मेला सहयोगी श्रेष्ठले विश्वास व्यक्त गरे ।  

    आफै ब्राण्ड महोत्सव 

    बुटवलमा आयोजना हुने मेलामा सानादेखि ठूला व्यवसायी व्यापार व्यवसायको  प्रवद्र्धन एवं उत्पादन बिक्री बितरणमा सधैँ सन्तुष्ट रहँदै आएका छन् । बुटवलको मेलाले सबैको मेलाको रुपमा चर्चा कमाएको छ । त्यसैले होला, आयोजक संस्था रूपन्देही व्यापार संघका महासचिव एवं महोत्सवका मुल आयोजक समितिका सदस्य सचिव दयानिधि भण्डारी भन्छन,लुम्बिनी एक्स्पो आफैंमा एउटा ब्रान्ड हो ।’ 
    लुम्बिनी एक्स्पोलाई यस क्षेत्रको एउटा पर्वको रुपमा मनाउँछन्, बालकदेखि वृद्ध सबैलाई महोत्सवको रौनकले छुने गर्दछ, बुटवल मेलामा देखिने एकता सद्भाव बिरलै अन्य स्थानका मेला महोत्सवहरूमा देख्न पाइन्छ, सम्पूर्णमा लुम्बिनी एक्स्पा हाम्रो हो भन्ने अपनत्वको भावना रहेको पाइन्छ, यसैले गर्दा लुम्बिनी एक्स्पो आफैंमा एउटा ब्रान्ड हो ।

    gatbandhan_dal.jpg

    संस्कृति झल्काउने पार्क

    मेलामा धेरै बस्तु राखिएको छ ।  जसमध्ये अधिकांशको ध्यान खिच्न सफल भएको छ – पुर्खा चिनाउने झल्काउने प्रतिबिम्ब । एक्स्पोमा यो प्रतिबिम्ब दर्शकले निकै चाखका साथ हेर्ने गरेका छन् ।एक जना सुरक्षाकर्मी बाहिर बसेर त्यहाँ जानेलाई व्यवस्थित गरिरहेका हुन्छन् । प्राचीन कालदेखि हाम्रा पुर्खाहरूदेखि  आजका दिनसम्म आउँदाको विषयलाई  विकासलाई बुझाउने गरी प्रतिविम्ब राखिएको आयोजकको दाबी छ । 
    माथि सगरमाथा – तलपट्टि चौरी गाईहरु हिँडडुल गरेका छन् । हिमाल भन्दा तल पहाडका मान्छेको रहनसहन, तथा जीवन  देखाइएको छ । संघका पूर्व अध्यक्ष यमलाल लोहनीले लुम्बिनी एक्स्पो एउटा प्रदर्शनी स्थल भएको हुँदा प्राचीन नेपाल र नेपाली देखाउने उपयुक्त स्थल सम्झेर यहाँ प्रतिबिम्ब राखेको बताउँछन् । 

    gatbandhan_dal.jpg
    सांस्कृतिक कार्यक्रम: आर्कषणको थलो

    एक्स्पोमा मनोरञ्जनात्मक कार्यक्रमलाई विशेष प्राथामिकता दिइएको छ । मेला आयोजक संघले प्रदर्शनी स्थलमा भौतिक निमार्णको काम तथा अवलोकन गर्ने प्रबन्ध मिलाउनुकासाथै राष्ट्रिय/स्थानीय कलाकारहरूलाई जमघट गराउँदै विभिन्न  प्रतियोगिताहरु आयोजना गरी दर्शकहरूलाई मनोरञ्जन दिँदै आएको छ । सांस्कृतिक कार्यक्रम उपसमितिका संयोजक प्रकाश पौडेलले मेलाको प्रमुख आर्कषणको केन्द्र सांस्कृति कार्यक्रम भएको दर्शकहरुको नियमित उपस्थितिले प्रमाणित गरेको दाबी गर्छन । 
    लोक संस्कृतिजोगाउने उद्देश्यका साथ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतियोगिता, अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता, डान्स आइडल–२०८०, लोक भजन प्रतियोगिता सञ्चालन भैरहेका छन् । यसपटक नौलो प्रस्तुतिका रुपमा युवालाई समेट्ने गरी ¥याप प्रतियोगिता राखिएको छ । 
    ब्यापार मेलाहरु स्टलमा सामान किनमेल अनि बाल उद्यान र सांस्कृतिक कार्यक्रममा रमाउने थलो मात्र नभई नृत्य, गायन जस्ता मनोरन्जन विधामा राम्रो प्रतिभा भएकाहरुका लागि कला देखाएर व्यवसायिक करियर शुरु गर्ने र राम्रै नगद राशी पुरस्कार पाउने थलो पनि बन्दै गएका छन् । लुम्बिनी एक्स्पो अन्तर्राष्ट्रिय ब्यापार मेलाले पनि नृत्य प्रतिभाले कला देखाउने र एक लाख रुपैयाँसम्म नगद पुरस्कार पनि जित्न सकिने अवसर प्रदान गरेको छ । त्यसैगरि अन्य विधाहरुमा पनि पुरस्कारको प्रबन्ध  छ ।

    एक्स्पोमा कृषि

    एक्स्पोमा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका प्रमुख बालि ९उत्पादन० लाई समेटेर दुई दर्जन बढी स्टलसहितको छुट्टै पेभेलियन बनाइएको छ । कृषिजन्य स्टलमा १२ जिल्लासहति पहाडी जिल्ला गुल्मी, पाल्पा, रुकुम पुर्व, रोल्पा र प्युठानका जिल्लागत विशेषता बोकेका अर्गानिक उत्पादन राखिएको छ र ती स्टलमा उपभोक्ताको आकर्षण देखिएको छ । १२ वटै जिल्लाका कृषि उत्पादनलाई एक्स्पोमा प्रदर्शन गर्न आयोजकले निःशुल्क स्टल उपलब्ध गराएका छन् भने लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालय मातहतको कृषि विकास र पशुपंक्षी विकास निर्देशनालयले बाह्रै जिल्लाबाट कृषि उपज बुटवलसम्म ढुवानी गरी ल्याउन प्रबन्ध मिलाएको छ ।
    बुटवलमा धेरै वर्षदेखि थुप्रै मेला महोत्सव भए तर आयोजकले स्टल निःशुल्क गरेको र सरकारी निकायले ढुवानी र खान बस्न सबै निःशुल्क गरेर कृषिलाई महत्व दिएको शायद पहिलो भएको कृषि उपज उपसमितिका संयोजक मेघनाथ पौडेलले बताए। मेलामा निःशुल्क माटो परीक्षणको व्यवस्था  छ । कृषिउत्पादन घट्नुको कारण माटोको अवस्था थाहा नहुनु पनि प्रमुख कारण भएकाले त्यसलाई बुझाउन यो व्यवस्था गरिएको हो । 

    gatbandhan_dal.jpg

    दर्शकलाई पानी निःशुल्क

    लुम्बिनी एक्स्पो २०८० मा आउने अवलोकनकर्तालाई कसरी सेवा र सुविधा दिन सकिन्छ भनेर आयोजक तथा आयोजकहरुका सहयोगि संस्थाहरु लागि परेका छन् । दर्शकको भिड लाग्ने र अवलोकनका लागि असहज नहोस भन्ने हेतुले मेला आयोजना स्थलमा सानासाना कुराहरुमा पनि ध्यान दिने गरेको त्यहा प्राप्त सेवाले पनि पुष्टि गर्दछ ।
    मेलामा एकै दिनमा १ लाख सम्म दर्शकहरु पुग्ने गर्दछन । यसरी पुगेका अवलोकनकर्तालाई खानेपानी, शौचालय तथा प्रवेश र निकासको सहज व्यवस्थापन आयोजकबाट भएको छ । त्यसमा पनि स्टल भित्रै एक परोपकारी संस्थाले खानेपानी र मोवाईल रिचार्जको निशुल्क प्रबन्ध गरेको छ, त्यो संस्था हो बजार ब्यवस्थापन तथा बिक्रि कर्मचारी संघ (ओम्स) नेपाल काठमाडौं ।
    सामान्य लाग्ने तर अवलोकनकर्तालाई निकै समस्या पर्न सक्ने अवस्था हुन्छ । स्टल हेर्दै जादा तिर्खा लाग्न सक्छ, पानी पिउन मन लाग्न सक्छ मोबाईलको चार्ज सकियो वा बच्चालाई स्तनपान गराउनु पर्यो भने अवलोकनकर्तालाई निकै समस्या पर्छ । त्यसलाई ध्यान दिएर ओम्सले निशुल्क सेवा दिएको ओम्सका केन्द्रीय अध्यक्ष सूर्य पराजुली बताउँछन् । 
    सहयोगी हातहरु 

    एक्स्पोको मुख्य आयोजक रुपन्देही व्यापार संघ भएपनि आयोजना गर्न सहयोगीका रुपमा आयोजक नेपाल चेम्बर अफ कमर्स  र सह–आयोजक देवदह व्यापार संघ, तिलोत्तमा व्यापार संघ, सैनामैना व्यापार संघ रहेको छ भने उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय, लुम्बिनी प्रदेश, कृषि तथा भूमि व्यवस्था मन्त्रालय, लुम्बिनी प्रदेश, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, ललितपुर, नेपाल पर्यटन वोर्ड, काठमाडौं, बुटवल उपमहानगरपालिका, बुटवल प्रवद्र्धक छन् ।
    एक्स्पो सम्पन्न गर्नका लागि संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेको संयोजकत्वमा मुल आयोजक समिति तथा विभिन्न ४५ वटा उपसमितिहरु गठन गरिएको छ । स्वदेशी तथा विदेशी उत्पादनसँग आम उपभोक्ताको प्रत्यक्ष सम्वाद र उपभोक्ताका लागि प्रेरित गर्ने उद्देश्यले संघले काठमाडौं बाहिर २०६६ मा व्यापार मेला अटो प्रदर्शनी, २०६९, २०७२ र २०७५ मा लुम्बिनी एक्स्पो, अन्तर्राष्ट्रिय व्यापार मेला सफलताका साथ सम्पन्न गरी सकेको छ ।

    gatbandhan_dal.jpg

     

    प्रतिक्रिया हरु
    थप समाचार