मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

१७औँ वार्षिकोत्सवमा ग्लोबल आइएमई बैंकले गर्‍यो सातै प्रदेशमा वृहत् प्रभातफेरि

१७औँ वार्षिकोत्सवमा ग्लोबल आइएमई बैंकले गर्‍यो सातै प्रदेशमा वृहत् प्रभातफेरि

साझा पोष्ट
शनिबार, पुस १४ २०८०
  • images
    १७औँ वार्षिकोत्सवमा ग्लोबल आइएमई बैंकले गर्‍यो सातै प्रदेशमा वृहत् प्रभातफेरि
    images

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले १७औँ वार्षिकोत्सवका अवसरमा शनिबार देशव्यापी प्रभातफेरि कार्यक्रम गरेको छ । आम जनमानसमा वित्तीय साक्षरता तथा बैंकिङ्ग सचेतना अभिवृद्धिको लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले सातवटै प्रदेशका मुख्यमुख्य शहरहरुमा प्रभातफेरि कार्यक्रम गरेको हो ।
    पुष १७ गतेदेखि ग्लोबल आइएमई बैंक १६ वर्ष पुरा भई १७औँ वर्षमा प्रवेश गर्दैछ । काठमाडौँमा आयोजित प्रभात फेरिमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बैंक सञ्चालक समिति सदस्य बैंक उच्च व्यवस्थापनसहित १५ सयभन्दा बढी कर्मचारीको उपस्थिति  थियो ।

    images
    images
    ime_bank_2.jpg

    वित्तीय साक्षरता तथा बैंकिङ्ग शिक्षामूलक प्लेकार्ड तथा व्यानरसहित प्रभातफेरिमा सहभागी कर्मचारीले काठमाडौँको कान्तिपथस्थित शाखा कार्यालयबाट शहरको मुख्य मुख्य भागको परिक्रमा गरेका थिए भने काठमाडौँ उपत्यका बाहिर मुख्यमुख्य शहरमा पनि यस्तै कार्यक्रम भएको बैंकले जनाएको छ । 

    images
    images
    ime_bank.jpg

    ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो तथा वित्तीय परिसुचकहरु अनुसार मुलुककै सबैभन्दा ठुलो बैंक वाणिज्य बैंक हो । बैंकले ३५५ शाखा, ३७९ एटिएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ अन्तर्राष्ट्रिय सम्पर्क÷बैदेशिक प्रतिनिधि कार्यालय सहित १,१०० भन्दा बढि सेवा केन्द्रबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकमा करिब ४ हजार कर्मचारीहरु कार्यरत छन् । बैंकले करिब ४५ लाखभन्दा बढी ग्राहकलाई प्रत्यक्ष सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिक्रिया हरु
    थप समाचार