सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

प्राधिकरणले बिजुली काटेपछि उद्योग वाणिज्य महासङ्घले बोलायो आकस्मिक बैठक 

प्राधिकरणले बिजुली काटेपछि उद्योग वाणिज्य महासङ्घले बोलायो आकस्मिक बैठक 

साझा पोष्ट
शनिबार, पुस ७ २०८०
  • images
    प्राधिकरणले बिजुली काटेपछि उद्योग वाणिज्य महासङ्घले बोलायो आकस्मिक बैठक 
    images

    काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले चार उद्योगको बिजुली काटेपछि नेपाल उद्योग वाणिज्य महासङ्घले आकस्मिक बैठक बोलाएको छ । प्राधिकरणले शुक्रवार डेडिकेटेड र ट्रंक लाइनको बिजुली बिल नतिरेको भन्दै शुक्रवार ४ उद्योगको लाइन काटेपछि आकस्मिक बैठक बोलाइएको हो । 

    images
    images

    प्राधिकरणले शुक्रबार साँझ देशका ठूला उद्योग जगदम्बा स्टिल, अर्घाखाँची सिमेन्ट, रिलायन्स स्पिनिङ मिल र घोराही सिमेन्टको लाइन काटेको थियो। बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ट्रंक र डेडिकेटेड लाइनबापतको बक्यौता नतिर्ने उद्योगको लाइन काट्न निर्देशन दिएका थिए।

    images
    images

    महासंघको कार्यालय टेकुमा हुने बैठकमा नेपाल सिमेन्ट उत्पादक संघ, नेपाल रोलिङ मिल्स एशोसिएसन, नेपाल धागो उत्पादक संघ लगायतका वस्तुगत संघ सहभागी हुनेछन्। महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले आपतकालीन बैठक डाकेका हुन्। अध्यक्ष चन्द्रप्रसाद ढकाल काठमाडौंबाहिर रहेकाले श्रेष्ठले बैठक डाकेका हुन्। बैठकमा सरकारलाई दबाब दिन उद्योगको साँचो बुझाउने निर्णय गर्न दबाब दिने समेत तयारी रहेको स्रोतले जनाएको छ । 

    प्रतिक्रिया हरु
    थप समाचार