मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

ग्लोबलको क्रेडिट कार्डको रकम मोबाइल बैंकिङबाट क्यूआर भुक्तानीमा खर्च गर्न सकिने

ग्लोबलको क्रेडिट कार्डको रकम मोबाइल बैंकिङबाट क्यूआर भुक्तानीमा खर्च गर्न सकिने

साझा पोष्ट
सोमबार, पुस २ २०८०
  • images
    ग्लोबलको क्रेडिट कार्डको रकम मोबाइल बैंकिङबाट क्यूआर भुक्तानीमा खर्च गर्न सकिने
    images

    काठमाडौं । अब ग्लोबल आईएमई बैंकका ग्राहकले क्रेडिट कार्डमा रहेको रकमबाट समेत क्यूआर भुक्तानी गर्न सक्ने भएका छन् ।

    images
    images

    नेपाल इलेक्ट्रोनिक पेमेन्ट सोलुसनको स्विचिङ सुविधा र स्विफ्ट टेक्नोलोजीको प्राविधिक सहयोगमा बैंकले 'भिजा स्क्यान ट' पेु प्रणाली सुरु गरेको हो । 

    images
    images

    सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट, ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, नेपाल इलेक्ट्रोनिक पेमेन्ट सोलुसनका प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बा र स्विफ्ट टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत निरज ढुङ्गानाले क्यूआर स्क्यान गरी प्रथम कारोबार सहित उक्त सेवाको सुरुवात गरेका हुन् ।

    यस प्रविधिमार्फत ग्लोबल आइएमई बैंकका भिजा कार्ड वाहक ग्राहकले अब भौतिक कार्ड बिना नै ग्लोबल आइएमई बैंकको मोबाइल एप ग्लोबल स्मार्ट प्लसमार्फत क्यूआर क्यान गरी कुनै पनि पेमेन्ट गर्न सक्नेछन् ।

    अर्थात् अब क्रेडिट कार्डमा भएको रकम सो बैंकको मोबाइल बैंकिङ एपमार्फत क्यूआर स्क्यान गरी खर्च गर्न सकिनेछ ।

    भिजा स्क्यान टु पे एउटा कार्ड–देखि–व्यापारी भुक्तानी सेवा हो । यसबाट कार्ड स्वाइप नगरी आफ्नो स्मार्टफोन प्रयोग गरेर भुक्तानी गर्न सकिन्छ । यसअघि प्रयोगकर्ताले क्रेडिट कार्डको रकम फिनपोस मेसिन ९स्वाइप मेसिन० मार्फत मात्र तिर्न सक्ने व्यवस्था रहेको थियो ।

    यस्तोमा कार्ड छोडेको अवस्था वा फिनपोस मसिन नभएको अवस्थामा क्रेडिट कार्डमार्फत भुक्तानी गर्न असहज थियो । यो अवस्थालाई अन्त्य गर्दै बैंकले 'भिजा स्क्यान पे' प्रणाली सुरु गरेको हो ।

    विशेषगरी अधिकांश ठाउँमा क्यूआर कोडबाट भुक्तानी गर्न सकिने सुविधा उपलब्ध भइसकेकाले क्रेडिट कार्डको रकम पनि क्यूआरबाट भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको बैंकले जनाएको छ । यसअघि क्याशलेस सिस्टमलाई प्रोत्साहन गरिएको थियो भने अब कार्डलेस प्रणालीलाई प्रोत्साहन गरेर कार्ड छपाइमा लाग्ने रकम जोगाउन सकिने कम्पनीको विश्वास छ ।

    कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टले बैंकले जारी गरेको यो प्रविधि डिजिटल प्रविधिको विकासमा कोसेढुङ्गो साबित हुने बताए ।

    उनले नेपाल सरकार र नेपाल राष्ट्र बैंकले लिएको डिजिटल नेपाल निर्माणको लक्ष्यअनुसार नयाँनयाँ प्रविधिको विकास गरेकोमा बैंक लगायत संलग्न सबैलाई धन्यवाद ज्ञापन गरे ।

    बैंकका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले ग्लोबल आइएमई बैंक नयाँ प्रविधिको विकास र विस्तारमा सधैँ अग्रणी रहेको बताउँदै नयाँ प्रविधिको विकासका साथै यसको प्रयोग पनि उत्तिकै जरुरी भएको र सबै सरोकारवाला मिलेर यसको प्रवर्द्धन गर्न जरुरी रहेको बताए ।

    नेपाल इलेक्ट्रोनिक पेमेन्ट सोलुसनका प्रमुख कार्यकारी अधिकृत सुब्बाले प्रविधिको विकास र विस्तारमा सबै सरोकारवालाबीच ठूलो सहकार्यको आवश्यकता रहेको बताए । स्विफ्ट टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत ढुङ्गानाले डिजिटल प्रविधिको विकास अहिलेको चर्चाको विषय रहेको उल्लेख गरे ।

    भिजाका नेपाल, बङ्गलादेश तथा भुटानका लागि कन्ट्री म्यानेजर सौम्य वासुले नयाँ प्रविधिको अनुसरण गर्न नेपाल अगाडि रहेको बताए । 
     

    प्रतिक्रिया हरु
    थप समाचार