मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

हिमालयन रिइन्स्योरेन्सको आइपीओ खुल्यो, कति कित्ता भर्न सकिन्छ ?

हिमालयन रिइन्स्योरेन्सको आइपीओ खुल्यो, कति कित्ता भर्न सकिन्छ ?

साझा पोष्ट
बुधबार, मंसिर २७ २०८०
  • images
    हिमालयन रिइन्स्योरेन्सको आइपीओ खुल्यो, कति कित्ता भर्न सकिन्छ ?
    images

    काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको साधारण सेयर आजदेखि निष्कासन हुने भएको छ। अंकित मूल्य १०० रुपैयाँमा थप १०६ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २०६ रुपैयाँका दरले कम्पनीले सेयर खोलेको हो । 
    सेयर बिक्री रोक्न माग गर्दै उच्च अदालत पाटनमा दायर रिटमा हिजो अन्तरिम आदेश जारी अस्वीकार भएसँगै आजदेखि सेयर बिक्रीको खुलेको छ। कम्पनीले वैदेशिक रोजगारीमा गएकालाई यसअघि नै सेयर बाँडफाँट गरिसकेको छ।

    images
    images

    कम्पनीले आज सूचना निकालेर न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म सेयरका लागि आवेदन दिन सक्ने जनाएको छ। कम्पनीले २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको छ।

    images
    images

    कम्पनीका अनुसार सेयर खरिदका लागि आवेदन पुस १ गतेसम्म खुला रहनेछ । त्यो अवधिसम्म सेयर बिक्री नभए ढिलोमा पुस ११ गतेसम्मका लागि आवेदन खुला हुने जनाएको छ। कम्पनीको अधिकृत पुँजी १० अर्ब रुपैयाँ छ। ३० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गरेपछि चुक्ता पुँजी १० अर्ब रुपैयाँ पुग्नेछ।

     

    प्रतिक्रिया हरु
    थप समाचार