मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

ग्लोबल आइएमई बैंकका एकैसाथ ४ नयाँ शाखा सञ्चालनमा

ग्लोबल आइएमई बैंकका एकैसाथ ४ नयाँ शाखा सञ्चालनमा

साझा पोष्ट
आइतबार, मंसिर २४ २०८०
  • images
    ग्लोबल आइएमई बैंकका एकैसाथ ४ नयाँ शाखा सञ्चालनमा
    images

     काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले एकैसाथ ४ वटा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

    images
    images

    बैंकले काठमाडौँको बूढानिलकण्ठ नगरपालिका–५, बूढानिलकण्ठ, काठमाडौँकै चन्द्रागिरी नगरपालिका–१३, दहचोक, चितवनको भरतपुर महानगरपालिका–८, शरदपुर र तनहूँको आबुँखैरेनी गाउँपालिका–३, आबुँखैरेनीमा नयाँ शाखा खोलेको हो । 

    images
    images

    नयाँ शाखाबाट आइतबारदेखि नै सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराइएको बैंकले जनाएको छ ।  ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५५ शाखा, ३७६ एटीएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४६ लाख भन्दा बढी ग्राहकहरुमाझ उत्कृष्ट सेवा प्रदान गरिरहेको छ । 

    त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

    प्रतिक्रिया हरु
    थप समाचार