मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

राष्ट्र बैंकले घरजग्गा कर्जाको जोखिम भार घटायो, ५० लाखसम्मको ऋणमा सहजीकरण

राष्ट्र बैंकले घरजग्गा कर्जाको जोखिम भार घटायो, ५० लाखसम्मको ऋणमा सहजीकरण

साझा पोष्ट
शुक्रबार, मंसिर २२ २०८०
  • images
    राष्ट्र बैंकले घरजग्गा कर्जाको जोखिम भार घटायो, ५० लाखसम्मको ऋणमा सहजीकरण
    images

    काठमाडौं । राष्ट्र बैंकले रियल स्टेट (घरजग्गा) कर्जामा कर्जाको जोखिम भार घटाएको छ। 

    images
    images

    मौद्रिक नीतिको तीन महिने समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले  बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने रियल स्टेट कर्जाको जोखिम भार घटाएर १२५ प्रतिशत कायम गरेको हो । यसअघि यस्तो कर्जाको जोखिम भार १५० प्रतिशत थियो। 

    images
    images

    त्यस्तै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको हकमा मासिक किस्ता आम्दानी अनुपात बढाई ६० प्रतिशत कायम गरिने जनाएको छ । सेयर धितोमा जाने ठूला कर्जाको जोखिमभार पनि घटाएको छ । ५० लाखभन्दा बढी सेयर धितो कर्जाको जोखिमभार १२५ प्रतिशत कायम गरिएको छ । यसअघि यस्तो जोखिमभभार १५० प्रतिशत थियो ।
    ५० लाख मुनिको सेयर धितो कर्जाको जोखिमभार भने १०० प्रतिशत कायम छ ।

    सेयर धितो कर्जामा जोखिम भार घटाएर सेयर बजारलाई चलायमान बनाउने लक्ष्य मौद्रिक नीतिको समीक्षाले लिएको छ । यसका साथै ५० लाख सम्मको आवास कर्जा लिँदा मासिक किस्ता आम्दानी अनुपात बढाई ६० प्रतिशत कायम गर्ने व्यवस्था पनि गरिएको छ । यसअघि यस्तो अनुपात ५० प्रतिशत मात्रै थियो ।

    प्रतिक्रिया हरु
    थप समाचार