मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

एनसेलले शेयर बिक्रीबारे प्राधिकरणलाई पठायो २ बुँदे जवाफ

एनसेलले शेयर बिक्रीबारे प्राधिकरणलाई पठायो २ बुँदे जवाफ

साझा पोष्ट
बुधबार, मंसिर २० २०८०
  • images
    एनसेलले शेयर बिक्रीबारे प्राधिकरणलाई पठायो २ बुँदे जवाफ
    images

    काठमाडौं । एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणलाई दुई बुँदे जवाफ लेखेको छ । मलेसियाको एक्जियटा कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणको पूर्वस्वीकृति र जानकारीबिनै एनसेलको ८० प्रतिशत शेयर बेचेर नेपाल छाड्न लागेकोको विषयमा मंसिर १५ मा लेखेको पत्रको एनसेलले प्रतिवद्धतासहितको जवाफ  पठाएको हो ।

    images
    images

    शेयर खरिदबिक्रीबारे एनसेलले मंगलवार पठाएको पत्रमा  बेलायतको कम्पनीसँग भएगरेका शेयर खरिद बिक्रीसम्बन्धी द्विपक्षीय सम्झौताका कागजातहरु तदारुकताका साथ सम्बन्धित पक्षहरुबाट संकलन गर्ने काम भइरहेको उल्लेख छ । पत्रमा एनसेलले आफूहरू कानूनको शासनमा विश्वास गर्ने जिकिर गरिएको छ । प्राधिकरणको विनियमावली बमोजिम शेयर खरिदबिक्री स्वीकृतिका लागि निवेदन पेश गरिने प्रतिवद्धता पत्रमा जनाइएको छ ।

    images
    images

    प्राधिकरणले शुक्रबार एनसेललाई पत्र लेखेर शेयर खरिदबिक्रीबारे ध्यानाकर्षण भएको जनाएको थियो । दूरसञ्चार नियमावली, २०५४ को नियम १५ (८) बमोजिम चुक्ता पूँजीको पाँच प्रतिशतभन्दा बढी शेयर खरिद वा बिक्री गर्नुअघि प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था छ । तर, एनसेलले त्यस्तो अनुमति नै नलिइ शेयर बिक्री  गरेको थियो ।

    प्राधिकरणले मंसिर १५ गते एनसेललाई सेयर किनबेच अघि स्वीकृति लिन निर्देशन दिएको थियो। तर  एनसेलको ८० प्रतिशत हिस्सा बेलायती कम्पनीले किनेको सार्वजनिक भएपछि मात्रै नियामक निकायले निर्देशन दिएको थियो।

    ncell_answer.jpeg

    प्रतिक्रिया हरु
    थप समाचार