सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

एनसेलबाट बाहिरियो मलेसियाको एक्जियटा

एनसेलबाट बाहिरियो मलेसियाको एक्जियटा

साझा पोष्ट
बुधबार, मंसिर १३ २०८०
  • images
    एनसेलबाट बाहिरियो मलेसियाको एक्जियटा
    images

    काठमाडौं।  दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलबाट मलेसियाको एक्जियटा ग्रुपले बाहिरिने घोषणा गरेको छ । व्यावसायिक चुनौती बढेको भन्दै मलेसियाको  एक्जियटाले नेपालबाट बाहिरिने घोषणा गरेको हो।

    images
    images

    आजियाटा ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विवेक सुदले नेपालमा बढ्दो चुनौतीबीच संचालक समितिले नेपालबाट बाहिरिने निर्णय गरेको जानकारी दिएका छन्। 

    images
    images

    ‘नेपालमा चुनौती बढ्दो छ,’ सुदले भने, ‘बोर्डले नेपालबाट बाहिरिने निर्णय गरेको छ।’उनले नेपालमा रहेको ग्रुपको ८० सेयर विक्रीको लागि राखिएको बताएका छन्। ‘हाम्रो निर्णयले एक्जियटालाई थप मजबुद बनाउने छ। हाम्रा रणनीतिलाई प्राथमिकता दिने र सेयर होल्डरलाई दिर्घकालिन फाइदा हुने छ,’ सुदले भने।बाँकी २० प्रतिशत सेयर भने सुनिभेरा क्यापिटल भेन्चर प्रालिको छ।

    यसअघि पनि स्विडिस कम्पनी टेलिया सोनेराले कम्पनीको सेयर बिक्री गरेको थियो। त्यसबेला आजियाटाले सेयर किनेको थियो। सेयर किनेको ७ बर्षपछि कम्पनी पनि बाहिरिने निष्कर्षमा पुगेको हो।

    एनसेलको व्यापार लगातार खुम्चिंदै गएपछि एक्जियटा नेपाल छोड्ने अवस्थामा पुगेको हो। सन् २०२२-२३ मा एनसेलको व्यापार ३७ अर्ब ४४ करोड रुपैयाँमा सीमित भएको थियो। कम्पनीले २०२१-२२ मा ३९ अर्ब ७२ करोड, २०२०-२१ मा ४० अर्ब ४२ करोड र २०१९-२० मा ४६ करोड ८७ लाख रुपैयाँको कारोबार गरेको थियो। 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार