सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

वैदेशिक व्यापार घटेको घट्यै

वैदेशिक व्यापार घटेको घट्यै

साझा पोष्ट
बिहीबार , मंसिर ७ २०८०
  • images
    वैदेशिक व्यापार घटेको घट्यै
    images

    काठमाडौं ।  आर्थिक मन्दीका कारण नेपालको वैदेशिक व्यापारमा निरन्तर घट्दै गएको छ ।  भन्सार विभागले आज बिहीवार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०–८१ को चार महिनाको तथ्याङ्कअनुसार आयात र निर्यात दुवैमा कमी आएको छ । आयात मात्रै २० अर्ब रुपैयाँभन्दा धेरैेले घटेको छ  
    साउनदेखि कात्तिकसम्म पाँच खर्ब १२ अर्ब ५० करोड रुपैयाँको वस्तु आयात भएको विभागले जनाएको छ ।  गएको वर्षको चार महिनामा नेपालले पाँच खर्ब ३२ अर्ब ६९ करोड १३ लाख रुपैयाँको वस्तु आयात गरेको थियाे ।

    images
    images

    यस्तै चार महिनामा नेपालले ५० अर्ब ५६ करोड ५३ लाख रुपैयाँको वस्तु निर्यात गरेको छ । गएको वर्षको तुलनामा यो चार अर्ब २० करोड रुपैयाँले कम हो । चार महिनामा नेपालले चार खर्ब ६१ अर्ब ९३ करोड ८१ लाख रुपैयाँको व्यापार घाटा बेहोरेको छ । यो गएको वर्षको चार महिनाको तुलनामा झन्डै एक खर्ब रुपैयाँले कमी हो । कात्तिक महिनामा पछिल्लो चार वर्षयताकै कम आयात भएको छ । कात्तिक महिनामा एक खर्ब चार अर्ब ७४ करोड ४५ लाख रुपैयाँको वस्तु आयात भएको छ । यो ५० महिनापछि सबैभन्दा कम आयात हो ।

    images
    images

    आर्थिक वर्ष २०७७–७८ मा ९३ अर्ब तीन करोड ८२ लाख रुपैयाँको वस्तु आयात भएकोमा त्यसपछिका वर्षमा मासिक डेढ खर्ब रुपैयाँको हाराहारीमा आयात हुँदै आएको थियो । गएको वर्ष सरकारले आयातमा कडाइ गर्दासमेत कात्तिकमा एक खर्ब ३० अर्ब रुपैयाँभन्दा बढीको वस्तु आयात भएको थियो ।

    सरकारले अर्थतन्त्रका मुख्य सूचकहरू राम्रो रहेको दाबी गर्दै आएपनि आन्तरिक अर्थतन्त्रमा भने मन्दी देखिएको छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार