सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

 ज्योति विकास बैंकको कामु कार्यकारी अधिकृतमा कपिल ढकाल

 ज्योति विकास बैंकको कामु कार्यकारी अधिकृतमा कपिल ढकाल

साझा पोष्ट
सोमबार, मंसिर ४ २०८०
  • images
     ज्योति विकास बैंकको कामु कार्यकारी अधिकृतमा कपिल ढकाल
    images

    काठमाडौं । ज्योति विकास बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा  कपिल ढकाल नियुक्त भएका छन् । 

    images
    images

    कम्पनीको मंसिर ३ गते बसेको संचालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले दिएको राजीनामा स्वीकृत गर्दै कामु सीइओको जिम्मेवारी ढकाललाई दिएको हो । उनी बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा  थिए ।

    images
    images

    नुवाकोटमा स्थापना भएको तत्कालिन हाम्रो विकास बैंकको प्रमुख कार्यकारी अधिकृत रहिसकेका व्यक्ति हुन् ढकाल । हाम्रो विकास बैंक ज्योति विकास बैंकमै मर्जर भएर अहिलेको एकीकृत संस्था बनेको हो । यसकारण उनी एक ढंगले पुरानै घरमा फर्किएका छन् ।
    ढकालले यसअघि एनआईसी एसिया बैंकको माथिल्लो व्यवस्थापकीय भूमिकामा रहेर काम गरिसकेका छन् । केही वर्ष अघि एनआईसी एसियाले आक्रामक बैंकिङको रफ्तार पक्डिँदा त्यहाँको नीतिगत बदलावमा ढकालले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

    ढकाल सात महिना अघि ज्योति विकास बैंकको बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत ९सिनियर डेपुटी सीईओ०को भूमिकामा प्रवेश गरेका थिए । अव उनलाई बैंकको पूर्ण सीईओको भूमिकामा पदोन्नती गर्ने तयारी भैरहेको बुझिएको छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार