सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

असोजमा मात्रै भित्रियो १ खर्ब ३६ अर्ब रुपैयाँ रेमिटेन्स

असोजमा मात्रै भित्रियो १ खर्ब ३६ अर्ब रुपैयाँ रेमिटेन्स

साझा पोष्ट
शुक्रबार, कात्तिक २४ २०८०
  • images
    असोजमा मात्रै भित्रियो १ खर्ब ३६ अर्ब रुपैयाँ रेमिटेन्स
    images

    काठमाडौं। असोज महिनामा मात्रै १ खर्ब ३६ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको छ।  गरेको चालु वर्षको तीन महिनाको असोजसम्म ३ खर्ब ६५ अर्ब ३४ करोड रेमिटेन्स भित्रिएकोमा  १ खर्ब ३६ अर्ब असोजमा आएको नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ । 

    images
    images

    रेमिटेन्स गत आर्थिक वर्षको तीन महिनाको तुलनामा यसपालि ३० प्रतिशतले बढेको हो। चाडपर्वले गर्दा रेमिटेन्स रकम ह्‍वात्तै बढेको छ। 

    images
    images

    बाह्‍य क्षेत्रमा निक्कै सुधार आएको राष्ट्र बैंकले जनाएको छ। असोजमा १ खर्ब ४८ अर्बको आयात भएको छ। आन्तरिक मन्दीले उपभोग्य वस्तुको मागमा कमी आएकाले आयात बढ्न सकेको छैन। तीन महिनामा ४ खर्ब ७ अर्ब बराबरको वस्तु आयात भएको छ।

    चालु खाता तेस्रो महिना लगातार बचतमा छ। गत असारमै ७२ अर्ब घाटामा रहेकको चालु खाता असोजमा ५९ अर्ब बचतमा पुगेको छ। समष्टिगत माग घट्दो दरमा रहेकाले मूल्य वृद्धि केही घटेको छ। भदौमा ८।५ प्रतिशत रहेको महँगीदर असोजमा ७।५ प्रतिशतमा झरेको छ। यो वर्ष महँगी साढे ६ प्रतिशतमा सीमित राख्‍ने सरकारको लक्ष्य छ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार