मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

चालु खाता र शोधनान्तर स्थिति दुवै बचतमा

चालु खाता र शोधनान्तर स्थिति दुवै बचतमा

साझा पोष्ट
मंगलबार, असोज ३० २०८०
  • images
    चालु खाता र शोधनान्तर स्थिति दुवै बचतमा
    images

     काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो दुई महिना (साउन–भदौ)  मा चालु खाता र शोधनान्तर स्थिति दुवै बचतमा पुगेको छ ।

    images
    images

    पहिलो दुई महिना (भदौसम्म)चालु खाता २३ अर्ब ५० करोडले बचतमा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । । अघिल्लो आवको यसै अवधिमा चालु खाता ३६ अर्ब ८४ करोडले घाटामा थियो ।

    images
    images

    अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २८ करोड ९० लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १७ करोड ७७ लाखले बचतमा पुगेको देखिएको छ ।शोधनान्तर स्थिति समेत ५३ अर्ब ६१ करोडले बचतमा पुगेको छ । अघिल्लो वर्षको भदौमा शोधनान्तर २० अर्ब ८१ करोड रुपैयाँले घाटामा थियो ।

    अमेरिकी डलरमा अघिल्लो आवको सोही अवधिमा १६ करोड ३४ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ४० करोड ५६ लाखले बचतमा रहेको समेत नेपाल राष्ट्र बैंकले सार्वजकि गरेको तथ्यांकमा उल्लेख छ ।

    प्रतिक्रिया हरु
    थप समाचार