मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

विश्व बैंकको साढे १० करोड डलर सहुलियत ऋण तथा अनुदान स्वीकाने सरकारको निर्णय

विश्व बैंकको साढे १० करोड डलर सहुलियत ऋण तथा अनुदान स्वीकाने सरकारको निर्णय

साझा पोष्ट
बुधबार, असोज १७ २०८०
  • images
    विश्व बैंकको साढे १० करोड डलर सहुलियत ऋण तथा अनुदान स्वीकाने सरकारको निर्णय
    images

    काठमाडौं । सरकारले नेपाल गुणस्तरीय स्वास्थ्य सेवा प्रणाली कार्यक्रमका लागि विश्व बैंकबाट प्राप्त हुने १० करोड ३८ लाख ४० हजार अमेरिकी डलर सहुलियत ऋण तथा अनुदान स्वीकार गर्ने निर्णय गरेको छ ।

    images
    images

    मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले १० करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण र ३८ लाख ४० हजार अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो ।

    images
    images

    अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसीमोडलाई नेपाल सरकारबाट सन् २०२१ देखि २३ सम्मको वार्षिक बजेट योगदान बापत कुल ७ लाख ७५ हजार ५३३ अमेरिकी डलर बराबरको रकम अर्थ मन्त्रालयमार्फत भुक्तान गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिईन् । 

    उदय आर्थिक विकासका लागि लगानी तथा नवप्रवर्तन सम्बन्धी आयोजना कार्यान्वयन गर्न स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त हुने स्वीस फ्र्यांक ५४ लाख ५० लाख अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि भएको छ । सिटी अफ लण्डनको मेन्सन हाउसमा आयोजना हुने उच्चस्तरीय लगानी सम्मेनलनमा सहभागी हुन अर्थमन्त्री डा. प्रकाशशरण महत नेतृत्वको प्रतिनिधि मण्डलाई स्वीकृति दिएको छ ।
    प्रवक्ता शर्माकाअनुसार सरकारले नेपाल र रुवाण्डाबीच दिव्पक्षिय वार्ता तथा हवाई सेवा सम्झौता गर्न स्वीकृति दिने, निर्माणमुखी सामग्रीको व्यवस्थापन, तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद समक्ष पेस गर्न अनुमति दिने, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत कार्यक्रमहरूको लागि अधिकृत स्तरका ६ अस्थायी दरबन्दी स्वीकृत गर्ने, जिल्ला समन्वय समितिको कार्यालयको संगठन संरचना र दरबन्दी संशोधन गर्ने, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अन्तर्गतमा अधिकृत स्तरको कुल १७२ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ।

    प्रतिक्रिया हरु
    थप समाचार