मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

राष्ट्र बैंकले ल्यायो गाईको चित्र अंकित नयाँ सिक्का

राष्ट्र बैंकले ल्यायो गाईको चित्र अंकित नयाँ सिक्का

साझा पोष्ट
आइतबार, असोज ७ २०८०
  • images
    राष्ट्र बैंकले ल्यायो गाईको चित्र अंकित नयाँ सिक्का
    images

     काठमाडौं । नेपाल राष्ट्र बैंकले १० ग्राम र २५ ग्रामका दुई किसिमका चाँदीका मेडालियन सिक्का टकमरी गरी बिक्री थालेको छ।

    images
    images

    राष्ट्र बैंक टक्सार महाशाखा सुन्धाराबाट बबरमहलस्थित नेपाल औषधि उद्योगको परिसरमा स्थानान्तरण भएपश्चात पुराना मेसिन मर्मत सम्भार गरी मुद्रणसम्बन्धी कार्य आरम्भ गर्दै  सिक्का टकमरी गरी बेच्न थालेको राष्ट्र बैंकले जनाएको छ ।

    images
    images

    महाशाखाले आइतबारदेखि राष्ट्रिय जनावर गाईको चित्र अंकित ‘मेडालियन सिक्का’को बिक्री वितरण थालेको छ । राष्ट्र बैंक सञ्चालक समितिको २०८० जेठ १९ गते बसेको बैठकले उक्त १० ग्राम र २५ ग्रामका मेडालियन सिक्काको टकमरी गर्न स्वीकृति दिएको थियो

    बरमहलस्थित टक्सार महाशाखामा आयोजित कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले  सिक्का सार्वजनिक गरे । महाशाखाले १० ग्राम सिक्काको मूल्य १ हजार ६०० र २५ ग्राम सिक्काको मूल्य ४ हजार निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

    राष्ट्र बैंकसँग मौज्दात रहेको चाँदीलाई गलाएर मेडालियन सिक्का टकमरी गरिएको टक्सार महाशाखाले जनाएको छ । टकमरी गरिएको दुवै सिक्कामा ९९९ टचको चाँदीको प्रयोग गरिएको छ । दर उल्लेख नगरी निष्कासन गरिएको सिक्कालाई ‘मेडालियन’ भनिन्छ ।
    सर्वसाधारणबाट हुने सिक्काको मागलाई दृष्टिगत गरी यसको टकमरीलाई निरन्तरता दिइने महाशाखाले जनाएको छ ।

    प्रतिक्रिया हरु
    थप समाचार