सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

नेपाल दक्षिण एसिया र चीनबिच समृद्धिको पुल बन्न सक्छः अध्यक्ष ढकाल

नेपाल दक्षिण एसिया र चीनबिच समृद्धिको पुल बन्न सक्छः अध्यक्ष ढकाल

काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले चीन र दक्षिण एसियाबिचको पुलको रूपमा रहेकाले यो क्षेत्रको समृद्धिमा नेपालले महत्त्वपूर्ण भूमिका निभाउन सक्ने बताएका छन् । चीनको कुन्मिङमा आयोजित १६औँ चीन–दक्षिण एसिया व्यापार मञ्चको अध्यक्षका रूपमा समेत सम्बोधन गर्दै अध्यक्ष ढकालले चीन र दक्षिण एसियाली क्षेत्र बिच बृहत्तर सहयोगका लागि  थप सहकार्य तथा साझेदारी सुदृढ गर्नुपर्ने बताएका हुन् । 

साझा पोष्ट
बिहीबार , साउन ३२ २०८०
  • images
    नेपाल दक्षिण एसिया र चीनबिच समृद्धिको पुल बन्न सक्छः अध्यक्ष ढकाल
    images

    काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले चीन र दक्षिण एसियाबिचको पुलको रूपमा रहेकाले यो क्षेत्रको समृद्धिमा नेपालले महत्त्वपूर्ण भूमिका निभाउन सक्ने बताएका छन् । 
    चीनको कुन्मिङमा आयोजित १६औँ चीन–दक्षिण एसिया व्यापार मञ्चको अध्यक्षका रूपमा समेत सम्बोधन गर्दै अध्यक्ष ढकालले चीन र दक्षिण एसियाली क्षेत्र बिच बृहत्तर सहयोगका लागि  थप सहकार्य तथा साझेदारी सुदृढ गर्नुपर्ने बताएका हुन् । 
    अध्यक्ष ढकालले विश्व परिदृश्यमा देखिएका जटिलतालाई सामना गर्दै अघि बढ्न क्षेत्रीय तथा उपक्षेत्रीय अन्तर निर्भरतालाई थप बलियो बनाउनु पर्नेमा जोड दिए ।  साझा आर्थिक लाभ र आपसी लगानी वृद्धिमा आधारित सहकार्यले मात्र अहिलेका चुनौतीहरूलाई समाधान गर्न उनले बताए । 
    अध्यक्ष ढकालले लगानीका लागि नयाँ क्षेत्र पहिचान गर्ने, पर्यटन प्रवर्द्धन, आपसी व्यापार अभिवृद्धि र औद्योगिक साझेदारीलाई थप सुदृढीकरणका लागि समेत आह्वान गरे । विश्व अर्थतन्त्रमा देखिएका अनिश्चितता कम गर्न, द्वन्द्व र जलवायु परिवर्तनले सृजना गरेको महामारी र आपूर्ति शृङ्खलामा देखा परेका अवरोधहरूबाट जोगाउन सक्ने बलियो रणनीति तयार गर्न आपसी सहकार्य बढाउनु पर्ने पनि अध्यक्ष ढकालले बताए । 
    दक्षिण एसियाली क्षेत्रमा बजारको पर्याप्त सम्भावना रहे पनि  कमजोर यातायात तथा आपूर्ति पूर्वाधार र व्यापार सहजीकरण नहुँदा  आर्थिक वृद्धि प्रभावित भएको अध्यक्ष ढकालले प्रष्ट पारे ।  
    दक्षिण एसियाको जनसाङ्ख्यिक लाभांश उपयोग गर्ने तथा प्रचुर प्राकृतिक स्रोतको उपयोग गर्न पनि चीन र दक्षिण एसियाली क्षेत्रले ढिलाइ गर्न नहुनेमा उनले जोड दिए ।   
    डिजिटल अर्थतन्त्रमा एकाकार हुने तथा आपूर्ति र औद्योगिक श्रृखलाहरुको साझेदारी,  कृषि, पर्यटन, नवीकरणीय ऊर्जा, खानी, पूर्वाधार, आइसिटी, जडीबुटी र औषधि उत्पादन लगायतका महत्त्वपूर्ण क्षेत्रहरूमा चीनको विशेषज्ञतालाई  प्रविधि र लगानीको हस्तान्तरणबाट नेपाल सहित दक्षिण एसियाले लाभ लिन सक्ने अध्यक्ष ढकालले उल्लेख गरे । 

    images
    images

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार