सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो

सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो

साझा पोष्ट
सोमबार, असार ११ २०८०
  • images
    सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो
    images

    काठमाडौं। सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १० हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सनुको मूल्य आज २ सय रुपैयाँले बढ्दै १ लाख १० हजार ४ सय रुपैयाँ पुगेको हो । 

    images
    images

    यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा २ सय रुपैयाँले नै बढ्दै १ लाख ९ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    images
    images

    यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा १५ रुपैयाँले बढ्दै आज प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो । 

    प्रतिक्रिया हरु
    थप समाचार