सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

पर्यटकको नेपाल बसाइ अवधि घट्यो

पर्यटकको नेपाल बसाइ अवधि घट्यो

काठमाडौं । वर्षमा झन्डै १२ लाख पुगेको नेपालको पर्यटक आगमन कोभिड १९ पछि ओरालो लागे पनि पर्यटकको बसाइ अवधि लम्बिएको थियो । यसअघिका २ वर्ष पर्यटकको औसत बसाइ अवधि लम्बिएको देखिएको भए पनि अहिले घटेको छ । नेपालमा १ दशकको अवधिमा कुनै पनि वर्ष पर्यटकको औसत बसाइ अवधि १५ दिन पुगेको छैन । तर, कोभिड १९ महामारी अवधिका २ वर्ष सन् २०२० र २०२१ मा भने नेपालमा पर्यटकको औसत बसाइ अवधि १५ दिन पुगेको थियो ।

साझा पोष्ट
मंगलबार, असार ५ २०८०
  • images
    पर्यटकको नेपाल बसाइ अवधि घट्यो
    images

    काठमाडौं । वर्षमा झन्डै १२ लाख पुगेको नेपालको पर्यटक आगमन कोभिड १९ पछि ओरालो लागे पनि पर्यटकको बसाइ अवधि लम्बिएको थियो । यसअघिका २ वर्ष पर्यटकको औसत बसाइ अवधि लम्बिएको देखिएको भए पनि अहिले घटेको छ ।

    images
    images

    नेपालमा १ दशकको अवधिमा कुनै पनि वर्ष पर्यटकको औसत बसाइ अवधि १५ दिन पुगेको छैन । तर, कोभिड १९ महामारी अवधिका २ वर्ष सन् २०२० र २०२१ मा भने नेपालमा पर्यटकको औसत बसाइ अवधि १५ दिन पुगेको थियो ।

    images
    images

    अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७९र८० अनुसार ती वर्षमा पर्यटकको बसाइ अवधि लम्बिएको छ । तर, महामारी कम भएको र पर्यटक आगमनमा क्रमिक सुधार देखिएको सन् २०२२ मा भने बसाइ अवधि घटेको छ ।

    आर्थिक सर्वेक्षणअनुसार सन् २०२२ मा पर्यटकको औसत बसाइ १३ दशमलव १ दिनमा झरेको छ । सन् २०२० र २०२१ मा क्रमशः औसत बसाइ अवधि १५ दशमलव १ र १५ दशमलव ५ दिन रहेको सर्वेक्षणमा उल्लेख छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको ुनेपाल पर्यटन तथ्यांक २०२१ु ले पनि पछिल्लो दशकमा ती वर्षहरूमै सबैभन्दा बढी अवधि पर्यटक नेपाल बसेको देखाउँछ ।

    अन्य वर्षमा भने औसत बसाइ अवधि १२ देखि साढे १३ दिनसम्म देखिन्छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार