सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

बजेटपछिका १० दिनमा ४० प्रतिशत सम्म महँगियो भान्सा

बजेटपछिका १० दिनमा ४० प्रतिशत सम्म महँगियो भान्सा

साझा पोष्ट
शुक्रबार, जेठ २६ २०८०
  • images
    बजेटपछिका १० दिनमा  ४० प्रतिशत सम्म महँगियो भान्सा
    images

    काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत स्वदेशी उत्पादनलाई संरक्षण गर्न तरकारी, फलफूल तथा केही मासुजन्य वस्तुमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएपछि उपभोक्ताको भान्सा महँगिएको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमार्फत फलफूल, केही तरकारी तथा मासुजन्य वस्तुमा भ्याट लगाउने घोषणा गरेपछि बजारमा तरकारी र फलफूलको मूल्य बढेको हो।

    images
    images

    बजेट भाषणपछिका १० दिनमा तरकारी तथा फलफूलको मूल्यमा ४० प्रतिशतसम्म मूल्यवृद्धि भएको छ। यही जेठ १५ गते (बजेट भाषण भएको दिन) देखि २५ गते (बिहीवार) सम्म आलुको मूल्य १४.७८ प्रतिशतले बढेर ३९ रूपैयाँबाट ४६ पुगेको छ। यो अवधिमा गाजरको मूल्य ३४ प्रतिशतले बढेको छ। प्रतिकिलो ७६ रूपैयाँमा बिक्री भएको गाजरको मूल्य ४० रूपैयाँले बढेर १ सय १६ पुगेको छ।

    images
    images

    यस अवधिमा प्रतिकिलो भान्टा २५ रूपैयाँ बढेर ३५, बोडी ४५ रूपैयाँबाट बढेर ७५, तितेकरेला २३ रूपैयाँबाट बढेर ४५, परबल ७५ रूपैयाँबाट बढेर ८५, घिरौंला ५५ रूपैयाँबाट बढेर ६५, हरियो फर्सी २७ रूपैयाँबाट बढेर ४६ रूपैयाँ पुगेको छ।

    त्यस्तै प्रतिकिलो भिन्डीको मूल्य ६६ बाट बढेर ७५ र पालुंगो साग ९३ बाट बढेर ११६ रूपैयाँ पुगेको छ। हरियो धनियाको मूल्य किलोमा ५३ प्रतिशतसम्म बढेको छ। यसैगरी प्रतिकिलो १४० मा पाइने लसुनको मूल्य बढेर १९२ पुगेको छ। फलफूलको मूल्य पनि बढेको छ। प्रतिकिलो अनार ३१० बाट बढेर ३९०, मौसम १७० बाट बढेर १९०, एभोकाडो ४५० बाट बढेर ५५० रूपैयाँ पुगेको छ।

    प्रतिक्रिया हरु
    थप समाचार