सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

शेयर बजारमा सीमित व्यक्तिले कमाउने र तलमाथि गराउने परम्परा अन्त्य हुनपर्छ : अर्थमन्त्री

शेयर बजारमा सीमित व्यक्तिले कमाउने र तलमाथि गराउने परम्परा अन्त्य हुनपर्छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारबाट सीमित मान्छेले मात्रै कमाउने भैरहेको बताउँदै त्यसलाई अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् । बिहीबार नेपाल धितोपत्र बोर्डको ३१ औं वाषिर्कोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले धितोपत्र बजारबाट सीमित मान्छे नभइ आम नारिकलाई लाभ पुग्नुपर्ने बताए ।शेयर बजार सीमित मान्छेले कमाउने र उनीहरूका लक्ष्य बमोजिम बजार तलमाथि हुने भैरहेको बताउँदै उनले असन्तुष्टि व्यक्त गरे । 

साझा पोष्ट
बिहीबार , जेठ २५ २०८०
  • images

    ‘सेयर बजार सिमित मान्छेले मात्रै फाइदा कमाउने हुन हुँदैन । बैंकमा निक्षेप राख्नुभन्दा सेयरमा लगानी गर्दा केही फाइदा हुन्छ कि भनेर लगानी गर्नेलाई संरक्षण हुनुपर्छ,’ उनले भने, ‘सेयर बजारलाई स्वस्थ, विस्तारित र लगानीकर्ताको लगानी सुरक्षित गर्न राष्ट्र बैंकको भूमिकाकझ लागि पहलकदमी हुन्छ।’सेयर बजार आम नागरिकको लगानी र आयआर्जनको माध्यमको रूपमा आकर्षण बढेको भन्दै नियामकको जिम्मेवारी र दायित्व बढेको उनले बताए ।सेयर बजारमा फाइनान्सियल सेक्टर र हाइड्रोपावर मात्रै सूचीकृत भएको भन्दै अन्य वास्तविक क्षेत्रका कम्पनीलाई पनि सूचीकृत गराउनुपर्ने उनले बताए । ‘वास्तविक क्षेत्रका कम्पनीलाई लयाउन सके लगानीको क्षेत्र पनि बढ्छ,’ उनले भने, ‘कम्पनिहरूको पारदर्शिता सुनिश्चित हुन्छ ।’

    images
    images

    उनले धितोपत्र बोर्डले नियमनलाई जिम्मेवारीका साथ निर्वाह गर्नुपर्नेमा जोड दिए । 

    उनले १५ जेठमा आएको आर्थिक विधयेकले सेयर बजारबाट फाइदा लिएका सीमित व्यक्तिलाई कर तिर्नुपर्ने भनेर ल्याएको व्यवस्थालाई समेत भ्रम फैलाउने काम गरेर उनीहरुले नै लाभ लिएको दाबी गरे । ‘आर्थिक विधेयकमा आएको विषय आम लगानीकर्ता लागि थिएन । तर, प्लेयरहरूले लौ बर्बाद भयो, ५६ लाख लगानीकर्ता यसको दायरमा आउने भयो भनेर भ्रम फैलाइयो,’ उनले भने, ‘बजार घट्यो हामीले होइन भनेर स्पष्टीकरण दियौ। त्यसपछि बजार बढ्यो । यसमा आम लगानीकर्ताले होइन तिनैले फाइदा कमाए ।’

    अर्थमन्त्री महतले सरकारबाट सेयर बजारप्रतिको विश्वास कम गराउने काम नहुने प्रतिबद्धता जनाए । तर, सीमित व्यक्तिले मात्रै फाइदा लिने र ५६ लाखको नाम लिने परम्पराको अन्त्य हुनुपर्ने बताए । त्यो काम धितोपत्र बोर्डले गर्नुपर्ने उनको तर्क छ ।आर्थिक विधेयकमा स्वार्थ समूहको उद्देश्य पुरा नहुँदा विवादित बनाएको समेत उनले दाबी गरे ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार