सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

बजेटले विद्यमान आर्थिक सङ्कट टर्दैन : ओली

बजेटले विद्यमान आर्थिक सङ्कट टर्दैन : ओली

साझा पोष्ट
मंगलबार, जेठ २३ २०८०
  • images
    बजेटले विद्यमान आर्थिक सङ्कट  टर्दैन : ओली
    images

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षका लागि सरकारले बजेटले विद्यमान आर्थिक सङ्कट नटर्ने दाबी गरेका छन् । 
    प्रतिनिधिसभाको बैठकमा बजेट माथिको  छलफलमा भाग लिँदै अध्यक्ष ओलीले मुलुकको अर्थतन्त्रलाई शीघ्र सुधारका लागि लिनुपर्ने नीति तथा कार्यक्रम र सङ्कटापन्न नेपाली अर्थतन्त्रको पुनःस्थापनाका लागि योजना  बजेटमा नरहेको टिप्पणी गरे । 

    images
    images

    'आगामी आवको बजेट समस्याको पहिचान नगरी प्रस्तुत भएको छ । मेरो नेतृत्वको सरकार हुँदा अर्थतन्त्र उकालो लाग्दै गएको अन्तर्राष्ट्रिय क्षेत्रले उल्लेख गरेको थियो तर पछिल्ला वर्षमा ओरालो लाग्दै गएको छ ।' ओलीले भने । 

    images
    images

    ओलीले आगामी आवको बजेटले १५औँ आवधिक योजना तथा दिगो विकासका लक्ष्य हासिल गर्न नसक्ने जिकिर गरे।  बजेटले आधारभूत मूल्य मान्यतालाई आत्मसात् गर्न नसकेको उनको दाबी छ । पूर्व प्रधानमन्त्री  ओलीले चिलको जस्तो आँखा हुनुपर्ने बजेटमा लाटोकोसेरोको जस्तो भएको  टिप्पणी गरे । 
    ‘प्रस्तावित बजेटको प्रारम्भिक प्रस्तुतिलाई अध्ययन गर्दा यस बजेटले बजेट निर्माणका आधारभूत भ्यालुज, स्पिरिट र फर्नामेन्टल्सलाई आत्मसात् गर्न सकेको छैन’, ओलीले भने, ‘म अर्थमन्त्रीको ध्यान सभामुखमार्फत आकर्षित गर्न चाहन्छु–फन्डामेन्टल भ्यालुजलाई बजेटले आत्मसात् गर्न सकेको छैन । त्यस कारण यो बजेटले परिणाम दिन सकेको छैन ।’ 

    उनले संविधानले भनेको समाजवाद उन्मुख अर्थव्यवस्थाबाट बजेट विचलित भएको पनि बताए । उनले मौलिक हक कार्यन्वयन गरेर जनतालाई उपलब्ध गराउन पनि बजेट चुकेको तथा राष्ट्रियताप्रति बजेट उदासीन रहेको भन्दै बिरामी र भिजनहीनता भएको टिप्पणी गरे । ‘यसले देख्दैन, पोलिसी छैन, अकर्मन्यता र शिथिलता छ  । परिणाम र उपलब्धिबाट जवाफ दिनुस् । समस्या समाधान गर्न र आयस्रोत बढाउने प्रयासमा अहिलेको सरकारको ध्यान नभएको बरु अजिङ्गर जसरी सुतेर बसेको बताए । भन्सारबाट आएको बजेट स्वाप्प पार्ने नीतिमा सरकार रहेको ओलीको भनाइ छ ।  ओलीले संसारमा पूजापाठबाट अर्थतन्त्र सुदृढ नहुने भन्दै भिजन र क्याल्कुलेशन हुनुपर्ने भन्दै मुख बुझो लगाउने गरी आएको बजेटले विकास र सम्मृद्धिको रोडम्यापको प्रस्ताव गर्न बजेट चुकेको ओलीको टिप्पणी छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार