सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

प्रतिबन्धित भारु नोट ६ वर्षदेखि राष्ट्र बैंकमा थन्किए

प्रतिबन्धित भारु नोट ६ वर्षदेखि राष्ट्र बैंकमा थन्किए

साझा पोष्ट
बुधबार, जेठ १७ २०८०
  • images
    प्रतिबन्धित भारु नोट ६ वर्षदेखि राष्ट्र बैंकमा थन्किए
    images

    काठमाडौं : प्रतिबन्धित भारु पाँच सय र एक हजार दरका सटही नभएका ८ करोड १० लाख नेपाली रुपैयाँ राष्ट्र बैंकमै थन्किएको छ। भारत सरकारले सो नोट प्रयोगमा प्रतिबन्ध लगाएको करिब ६ वर्ष बितिसक्दा पनि नेपालमा भएको नोटलाई अझै सटही नगर्दा नोक्सानी बेहोर्नु परेको छ। 

    images
    images

    वर्षौं बित्दा पनि यी नोट भारतले सटही गर्न कुनै चासो देखाएको छैन। यो सटहीको विषय नै छाायाँमा पर्‍यो। सुरुवाती चरणमा सटही गरिएन यसपछि नेपालले जति प्रयास गरे पनि यसलाई बेवास्ता गरिरहँदा विषय नै सेलाएको छ।

    images
    images

    यद्यपि सरकारी तह परराष्ट्र मन्त्रालय, गभर्नरको तहबाट पहल निरन्तर भैरहेको राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेल बताउँछन्। तर, यो एक्सनमा नगएको उनको गुनासो छ। ‘यद्यपि सटही गर्नेबारे लीखित रूपमा भए वा नभए पनि मौखिक रूपमा प्रधानमन्त्रीले कुरा उठाउने राष्ट्र बैंकको विश्वास छ। लामो समयदेखि सटही नहुँदा पनि अझै अपेक्षा मरेको छैन। हामी आशावादी छौं।’ विस्तृत खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार