सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

बजेट : करका दरमा अनौठो हेरफेर

बजेट : करका दरमा अनौठो हेरफेर

साझा पोष्ट
मंगलबार, जेठ १६ २०८०
  • images
    बजेट : करका दरमा अनौठो हेरफेर
    images

    काठमाडौं । बजेट वक्तव्यसँग ल्याइएको आर्थिक विधेयकमार्फत सरकारले करका दरमा अनौठो हेरफेर गरेको छ। अर्थमन्त्री डा। प्रकाशशरण महतले सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयकमार्फत करछुटको सूची छोट्याउने, कुनै अत्यावश्यकीय वस्तुलाई कर लगाउने, कुनैमा विलासितालाई च्याप्नेजस्ता काम गरेको खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर प्रकाशित छ ।

    images
    images

    नेगेटिभ लिस्टमा रहेका वस्तुमा पनि अपेक्षाअनुरूप कर बढेको छैन। सस्ता विद्युतीय कारमा कर लगाएर महँगामा घटाइएको छ। यस्तै सुरुमा कुरा गरौं, बिलासिता शुल्कको। आर्थिक विधेयकमार्फत सरकारले लक्जरी करको सुरुवात गरेको हो। जसअनुसार तारे होटल तथा रिसोर्टमा बस्नेले सरकारलाई २ प्रतिशत कर बुझाउनुपर्ने छ। विलासिता शुल्क आयातीत मदिरा, १० लाखभन्दा महँगा हीरा मोती तथा पत्थरजडित सुन वा बहुमूल्य धातुका गरगहनामा पनि लाग्नेछ।

    images
    images

    महतले बियरमा प्रतिलिटर मात्र ७ रुपैयाँ अन्तःशुल्क बढाएका छन्। स्वास्थ्य जोखिम सिर्जना गर्ने ‘नेगेटिभ लिस्ट’ रहेको बियरमा कर सामान्य दरले बढाइएको हो जबकी यो सूचीमा रहेको वस्तुमा अत्यधिक कर बढ्ने गर्छ। 

    विदेश घुम्न जाँदा सरकारलाई ५ प्रतिशत कर बुझाउनुपर्नेछ। विदेश पढ्न जानेले पनि ३ प्रतिशत कर बुझाउनुपर्ने भएको छ। महतले मूल्य अभिवृद्धि करका १७० र अन्तःशुल्कका ३४० छुटका दरहरू खारेज गरेका छन्। यससँगै कर बढाइएका र कर छुटको सूचीबाट हटाइएको वस्तुहरूको मूल्य बढ्ने भएको छ।

    यसैगरी, आगामी साउन १ गतेपछि सम्झौता हुने आयोजनामा प्रयोग हुने निर्माण सामग्रीमा भन्सार छुट नदिइने भएको छ। वार्षिक ५० लाख रुपैयाँ आम्दानी गर्ने व्यक्ति वा निजी कम्पनीलाई पनि अबदेखि बढी कर लाग्ने भएको छ। हालसम्म आयको ३६ प्रतिशत कर तिर्दै आएकाले ३९ प्रतिशत तिर्नुपर्ने भएको हो।

    विद्युतीय सवारीमा सरकारले अचम्मको कर लगाएको छ। महतले ५० किलोवाटदेखि १०० किलोवाटसम्मका सवारीमा १५ प्रतिशत भन्सार र १० प्रतिशत अन्तःशुल्क लगाएका छन्।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार