सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

वनमा १५ अर्ब ५६ करोड र पर्यटनलाई झण्डै १२ अर्ब बजेट

वनमा १५ अर्ब ५६ करोड र पर्यटनलाई झण्डै १२ अर्ब बजेट

काठमाडौँ । सरकारले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका लागि ११ अर्ब ९६ करोड छुट्याएको छ ।  आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले पशुपतिनाथको गुरुयोजना अघि बढाइने र  बुद्ध सर्किट बनाउने बताए । 

साझा पोष्ट
सोमबार, जेठ १५ २०८०
  • images
    वनमा १५ अर्ब ५६ करोड र पर्यटनलाई झण्डै १२ अर्ब बजेट
    images

    काठमाडौँ । सरकारले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका लागि ११ अर्ब ९६ करोड छुट्याएको छ ।  आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले पशुपतिनाथको गुरुयोजना अघि बढाइने र  बुद्ध सर्किट बनाउने बताए । 

    images
    images


    यस्तै ऐतिहासिक र परात्वात्विक सम्पदाको संरक्षण गर्न बजेटको व्यवस्था गरिने पनि अर्थमन्त्रीले बताए । यस्तै नुवाकोट दरबारलगायतका २५ वटा सांस्कृतिक सम्पदाको पुनर्निर्माण आगामी आर्थिक वर्षमा सम्पन्न गरिने अर्थमन्त्रीले जानकारी दिए ।  नयाँ पर्यटकीय गन्तव्य विकास र विस्तारका लागि २  अर्ब १३ करोड बजेट विनियोजन गरिएको छ । 

    images
    images

    सरकारले वन तथा वातावरण क्षेत्रमा १५ अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।अर्थमन्त्री  महतले वन, जैविक विविधता र जलाधार व्यवस्थापन मार्फत वातावरणीय सन्तुलन कायम गरिने बताएका छन् ।

    वन सम्पदाको दिगो उपयोग र वनजन्य उद्यम विकास गर्दै राष्ट्रिय अर्थतन्त्रमा यसको योगदान बढाइने उनले बताए । संरक्षित क्षेत्र र सामुदायिक वनलाई पर्या–पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने उल्लेख छ।राष्ट्रपति चुरे संरक्षण कार्यक्रम मार्फत संघ, प्रदेश र स्थानीय तहको सहभागितामा चुरे संरक्षणको गुरुयोजना कार्यान्वयन गरिने महतले बताए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार