काठमाडौं । सरकारले हिमालको पानी ब्रान्डिङ गरी निर्यात गर्ने योजना ल्याएको छ ।
अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०\८१ को बजेट सार्वजनिक गर्दै हिमालको पानीलाई ब्रान्डिङ गरी नेपालको हिमाली क्षेत्रको मिनरल वाटर तथा प्रशोधित पानी निर्यात गर्न आवश्यक सहजीकरण गर्ने बताएका छन् ।
नेपाललाई हिमालको पानी निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्ने राम्रो अवसर रहेको उनले बताए ।