मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

चलचित्र ‘हुक्का’को ट्रेलर सार्वजनिक

चलचित्र ‘हुक्का’को ट्रेलर सार्वजनिक

साझा पोष्ट
बुधबार, वैशाख २० २०८०
  • images
    चलचित्र ‘हुक्का’को ट्रेलर सार्वजनिक
    images

    काठमाडौं । नेपाली फिल्म ‘हुक्का’को ट्रेलर सार्वजनिक भएको छ। स्पाइनी ब्याब्लर क्रिएसनले ह्यासट्याग नेपालसँग सहकार्य गर्दै बनाएको यो फिल्म आगामी जेठ १२ गतेदेखि प्रदर्शनको तयारी छ। 

    images
    images


    फिल्म शम्भु थापाले निर्देशन गरेको फिल्मको सार्वजनिक ट्रेलरमा शीर्ष कलाकार प्रमिला खनाल, सन्तोषकुमार आत्रेय, प्रकाश घिमिरे, तेज गिरी, अशु न्यौपाने, तलिशा गुरुङलगायत देखिएका छन्। ट्रेलरमा कलाकार प्रकाशको हुक्का प्रेम देखाइएको छ। 

    images
    images

    फिल्ममा प्रयत्न श्रेष्ठको शब्द र संगीत, प्रयत्न श्रेष्ठ र युजिन राईको स्वर, सन्तोषकुमार आत्रेयको कथा, सन्तोषकुमार आत्रेय र भगवान् पौडेलको पटकथा र संवाद विष्णुप्रसाद बास्तोलाको भीएफएक्स, राजेन्द्र मोक्तानको कलर करेक्सन, दीर्घ खड्काको सम्पादन र कृष्ण बहादुर थापाको छायांंकन छ।

    रेश्मा प्रधान सहनिर्माता, पार्वती थापा, सुशिला गुरुङ र सागर गोदार क्षेत्री निर्माता रहेको फिल्ममा कमलबहादुर भुजेल र किरणकुमार आत्रेय कार्यकारी निर्माता छन्। फिल्मको वितरण उपत्यकामा स्टेसन फाइभ र उपत्यकाबाहिर एफडी कम्पनीले गर्नेछन्। 

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार