सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

प्रकाश सपूतको ‘सकम्बरी’ २४ घण्टा नपुग्दै टप ट्रेन्डिङमा

प्रकाश सपूतको ‘सकम्बरी’ २४ घण्टा नपुग्दै टप ट्रेन्डिङमा

साझा पोष्ट
शुक्रबार, वैशाख १ २०८०
  • images
    प्रकाश सपूतको ‘सकम्बरी’ २४ घण्टा नपुग्दै टप ट्रेन्डिङमा
    images

    काठमाडौं । चर्चित गायक एवम् निर्माता प्रकाश सपूतले बिहीबार सार्वजनिक गरेको ‘सकम्बरी’ २४ घण्टा नपुग्दै युट्युबमा टप ट्रेन्डिङ भएको  छ। 

    images
    images

    समाचार तयार गर्दासम्म गीत सार्वजनिक भएको २२ घण्टा भएको छ र ६ लाख ९८ हजार भ्युज पाएको छ। यो गीतमा  करिब ५ हजारले प्रतिक्रिया पनि दिएका छन्। नयाँ गीत ‘सकम्बरी’ (फूलमाया) ले उनका पुराना गीत जस्तै चर्चा बटुलेको हो।

    images
    images

    नयाँ वर्ष २०८० को पूर्वसन्ध्या सार्वजनिक गीतका शब्द सपूतले नै लेखेका हुन्। त्यस्तै सङ्गीत र स्वर पनि उनकै छ। गीतको सङ्गीत संयोजन सुदीप सागरले गरेका छन्।

    गीतमा सपूतलाई लोक गायिका ब्रता गन्धर्वले स्वरतर्फ साथ दिएकी छन्। यसमा चर्चित अभिनेता सुनिल थापा र मोडल कुशुम शर्मासहितले अभिनय गरेका छन्।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार