सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

अब सबै चार्टर उडान भैरहवाबाट मात्रै हुने

अब सबै चार्टर उडान भैरहवाबाट मात्रै हुने

भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चलायमान बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले  यस्तो निर्णय गरेको हो। तर कूटनीतिक चार्टर उडान, कार्गो र सेनाका उडान भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै हुनेछन्। गत जेठ २ गतेदेखि सञ्चालनमा आएको भैरहवा विमानस्थललाई पूर्ण रूपमा प्रयोगमा ल्याउने प्रयास स्वरूप प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुँदै आएका अन्य सबै चार्टर उडानमा प्रतिबन्ध लगाएको छ।

साझा पोष्ट
सोमबार, कात्तिक १४ २०७९
  • images
    अब सबै चार्टर उडान भैरहवाबाट मात्रै हुने
    images

    काठमाडौं । नेपालबाट हुने र नेपालमा हुने सबै अन्तर्राष्ट्रिय चार्टर उडान अव भैरहवाबाट मात्र हुने भएको छ । 

    images
    images

    भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चलायमान बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले  यस्तो निर्णय गरेको हो। तर कूटनीतिक चार्टर उडान, कार्गो र सेनाका उडान भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै हुनेछन्।

    images
    images

    गत जेठ २ गतेदेखि सञ्चालनमा आएको भैरहवा विमानस्थललाई पूर्ण रूपमा प्रयोगमा ल्याउने प्रयास स्वरूप प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुँदै आएका अन्य सबै चार्टर उडानमा प्रतिबन्ध लगाएको छ।

    प्राधिकरणले आइतबारदेखि लागू गरेका हिउँदे उडान तालिका (विन्टर सेड्युल) अनुसार चार्टर उडानसँगै काठमाडौँबाट हुँदै आएका हरेक तीन उडानमा एक उडानसमेत भैरहवाबाटै हुने भएका छन्। 

    प्राधिरकणले विदेशबाट आउने चार्टर उडानलाई भने यसअघि नै भैरहवा अवतरण गराउन थालिसकेको थियो। गौतमबुद्ध विमानस्थलले सञ्चालन खर्चसमेत उठाउन नसकेपछि प्राधिकरणले नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्ससहित तीन विदेशी हवाई कम्पनीलाई हिउँदेउडान तालिकाअनुसार गौतमबुद्ध विमानस्थलमा दैनिक एक उडान गर्न निर्देशन दिएको छ।

    आइतबारदेखि लागू भएको तालिकाअनुसार अन्तर्राष्ट्रिय उडान गर्दै आएको नेपाल वायुसेवा निगमले आइतबार पुरानै बर्खे उडान तालिका अनुसार उडानको तयारी गर्दा दिल्ली उडान रोकिएको थियो । 

    नयाँ तालिकाअनुसार निगमको दिल्ली उडान रोकिएपछि नेपालबाट दिल्ली जाने २५४ जना र दिल्लीबाट नेपाल आउने १९३ जना यात्रु अलपत्र परेका छन्। 

    आइतबार दिउँसो १ बजेपछि दिल्ली सेक्टरमा कुनै उडान नरहेकाले निगमकै खर्चमा यात्रुलाई राजधानीका होटलमा राखिएको छ। दिल्लीबाट नेपाल आउने यात्रुलाई समेत निगमकै खर्चमा दिल्लीकै होटलमा राखिएको छ। आइतबारको उडान रोकिएपछि निगमले अन्य टिकटसमेत बेचिसकेकाले थप समस्या हुने देखिएको छ। 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार