काठमाडौं । नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्तावापत ७३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको छ।
कर्मचारी सञ्चय कोषलाई न्यारोवडी जहाज खरिदको सावाँ र ब्याज वापतको ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ र नागरिक लगानी कोषलाई बाइडबडी जहाज खरिद गर्दाको ऋण दायित्वको किस्ता वापतको २० करोड रुपैयाँ गरी जम्मा ७३ करोड ९ लाख ५५ हजार २८१ किस्ता वापतको रकम भुक्तानी गरिएको निगमले जनाएको छ।
विगत तीन वर्षदेखि संचयकोष तथा नागरिक लगानी कोषको ऋण दायित्व भुक्तानी गर्न सक्ने अवस्था नरहेको भन्दै निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेपछि, नियमित उडान, अकुपेन्सी दरमा सुधारबाट आम्दानीमा वृद्धि भएको भनेर उक्त रकम बुझाएको हो।
यसघि असार ३० गते कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ता वापतको एक अर्ब ३५ करोड रुपैयाँ पनि भुक्तानी गरिसकेको निगमले जनाएको छ।