सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

सर्वसाधारणले दसैँ तिहारका लागि भदौ २९ देखि नयाँ नोट साट्न पाउने

सर्वसाधारणले दसैँ तिहारका लागि भदौ २९ देखि नयाँ नोट साट्न पाउने

साझा पोष्ट
सोमबार, भदौ २० २०७९
  • images
    सर्वसाधारणले दसैँ तिहारका लागि भदौ २९ देखि नयाँ नोट साट्न पाउने
    images
    काठमाडौं । दसैँ, तिहार र छठका लागि राष्ट्र बैंकले भदौ २६ गतेदेखि बैंक तथा वित्तीय संस्थाहरूलाई नयाँ नोट सटही सुविधा प्रदान गर्ने भएको छ । सर्वसाधारणलाई भने २९ गतेदेखि नयाँ नोटको सटही सुविधा दिने आन्तरिक तयारी गरिएको मुद्रा व्यवस्थापन विभागले जनाएको छ । गत वर्ष जस्तै यो वर्ष पनि सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबरका नयाँ नोट सटही सुविधा पाउने छन् । यो ५ देखि १ सय रुपैयाँसम्मको एक–एक वटा बन्डल हो । बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले २ देखि ५ करोड रुपैयाँसम्म नयाँ नोट सटही सुविधा दिनेछ । चालु आर्थिक वर्षभरि नै राष्ट्र बैंकले आफ्ना कार्यालयहरु र बैंक तथा वित्तीय संस्थामार्फत नयाँ नोट वितरण गरिरहेको छ । यद्यपि दसैँ, तिहार र छठका लागि सर्वसाधारणबाट नयाँ नोटको माग धेरै आउने गरेको छ । राष्ट्र बैंकसँग पर्याप्त नोट स्टकमा रहेको र नागरिकको माग पनि सम्बोधन गर्नुपर्ने भएकाले भदौ अन्तिम साता देखि सहज तरिकाले नयाँ नोट वितरणको वातावरण मिलाइने राष्ट्र बैंकले जनाएको छ ।

    प्रतिक्रिया हरु
    थप समाचार