काठमाण्डौ । मेगा बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक मर्जरमा जाने भएका छन् । एक कार्यक्रमकाबीच दुई बैंकबीच मर्जरमा जाने समझदारी पत्रमा हस्ताक्षर भएको छ । बैंकको नाम 'नेपाल इन्भेष्टमेन्ट मेगा बैंक' रहने समझदारी भएको छ।
मर्जरपछि बैंकको मर्जरपछि बैंकको अध्यक्षमा पृथ्वीबहादुर पाँडे, प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे र नायव प्रमुख कार्यकारी अधिकृतमा रविना देशराज जोशी रहनेगरी सम्झौता भएको छ ।
हाल इन्भेस्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड रुपैयाँ र मेगा बैंकको १६ अर्ब १२ करोड रुपैयाँ छ । मर्जरपछि बन्ने बैंकको कुल निक्षेप संकलन तीन खर्ब २७ अर्ब र कर्जा लगानी ३ खर्ब १२ अर्ब पुग्ने छ ।दोस्रो बजारमा अहिले मेगा बैंकको सेयर मूल्याङ्कन प्रतिसेयर २२९ रुपैयाँ छ भने इन्भेष्टमेन्ट बैंकको प्रतिसेयर मूल्याङ्कन २७५ रुपैयाँ छ। ।
हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकबीच मर्जर टुटेपछि यी दुई बैंकलाई नयाँ मर्जरको जोडी खोज्न राष्ट्र बैंकले दबाब दिँदै आएको थियो। त्यसै हीअनुसार मेगा बैंकसँग इन्भेष्टमेन्ट बैंकले मर्जर समझदारी गरेको हो।