सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

घटेको भाडा १५ दिन पनि कायम रहेन, सरकारले गाडी भाडा फेरी बढायो

घटेको भाडा १५ दिन पनि कायम रहेन, सरकारले गाडी भाडा फेरी बढायो

साझा पोष्ट
शुक्रबार, जेठ २७ २०७९
  • images
    घटेको भाडा १५ दिन पनि कायम रहेन, सरकारले गाडी भाडा फेरी बढायो
    images
    काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा फेरी बढाएको छ । यातायात व्यवस्था विभागले शुक्रबार एक सूचना प्रकाशित गर्दै अन्तर प्रदेश यातायातका सवारीको भाडादर बढेको जानकारी गराएको हो । जेठ ११ मा मात्रै विभागले गाडी भाडा २ प्रतिशत घटाएको थियो । नेपाल आयाल निगमले डिजेलको मूल्यमा एकै पटक १२ रुपैयाँ बढाएपछि सरकारले गाडी भाडा समेत बढाउने निर्णय लिएको हो । इन्धनको मूल्य थपघटका आधारमा एकै पटक ५ प्रतिशतले बढेमा वा घटेमा भाडा समायोजना गर्ने नीति रहेको समेत विभागले जनाएको छ । यात्रुबाहक सवारीको हकमा २‍.५ प्रतिशत भाडा बढेको छ । पहाडी बाटोमा चल्ने मालबाहक सवारीको हकमा ३.३ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीमा ३.७ प्रतिशत मूल्य बढेको विभागले जनाएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार