सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

आजदेखि बजेटमा मन्त्रालयगत छलफल शुरु

आजदेखि बजेटमा मन्त्रालयगत छलफल शुरु

साझा पोष्ट
आइतबार, जेठ २२ २०७९
  • images
    आजदेखि बजेटमा मन्त्रालयगत छलफल शुरु
    images
    काठमाण्डौ। आर्थिक वर्ष २०७९–८० को बजेटमा आजदेखि मन्त्रालयगत छलफल सुरु हुँदै छ । बजेटमा सैद्धान्तिक छलफल सकिएपछि आजदेखि मन्त्रालयगत छलफल सुरु हुन लागेको हो । मन्त्रालयगत शीर्षकमा छलफलका लागि आज बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ ।आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला, युवा तथा खेलकुद, श्रम रोजगार तथा सामाजिक सुरक्षा, वन तथा वातावरण, शहरी विकास, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका बजेटमाथि छलफल हुने सम्भावित कार्यसूची छ । यही जेठ १५ गते अर्थमन्त्री जनार्दन शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट संघीय संसदमा पेश गरेका थिए । बजेटमाथि जेठ १७ गतेदेखि सैद्धान्तिक छलफल सुरु भएको थियो ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार