सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

जनयुद्धमा हाम्रो दावी पुग्दैन तर वृद्धभत्ता हाम्रो ब्राण्ड होः सुरेन्द्र पाण्डे

जनयुद्धमा हाम्रो दावी पुग्दैन तर वृद्धभत्ता हाम्रो ब्राण्ड होः सुरेन्द्र पाण्डे

साझा पोष्ट
बुधबार, जेठ १८ २०७९
  • images
    जनयुद्धमा हाम्रो दावी पुग्दैन तर वृद्धभत्ता हाम्रो ब्राण्ड होः सुरेन्द्र पाण्डे
    images
    काठमाडौं । नेकपा एमालेका सांसद एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले वृद्धभत्ता प्राप्त गर्ने व्यक्तिको उमेर घटाएकोमा आपत्ति जनाएका हुन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा आर्थिक वर्ष २०७९ ०८० को बजेटमाथिको छलफलमा भाग लिँदै पाण्डेले बजेटमा वृद्धभत्ता ६८ वर्षमै दिने निर्णयको विरोध गरे । एमालेले सुरु गरेको बजेटमा अरुको दाबी नपुग्ने उनको दावी छ । ‘वृद्धभत्ता ६८ वर्ष झारे पनि बृद्धभत्ता एमालेको ब्रान्डजस्तो हो । तपाई ६८ वर्षमा झार्नुस् कि ५८ मा, केही फरक पर्दैन, पाण्डेले भने, जनयुद्धमा हाम्रो दाबी पुग्दैन, राष्ट्रिय मेलमिलापमा पनि हाम्रो दाबी पुग्दैन, त्यसमा कांग्रेसको दाबी पुग्छ । ठीक त्यसैगरी बृद्धभत्ता जे गर्नुस् त्यो एमालेकै दाबी हुन्छ।’ पाण्डेले सरकारले ल्याएको बजेटले अहिलेको संकट समाधान गर्न नसक्ने दाबी गरे। सरकारको ध्यान चुनावमा केन्द्रित भएकाले अर्थतन्त्र सम्हाल्न नसक्ने उनको दावी थियो । पूर्वअर्थमन्त्री पाण्डेले भने, ‘यस वर्षको हाम्रो ९ करोड ६१ अरब डलर रिजर्भ छ। २ अर्ब ७० करोड डलरको साउनदेखि अहिलेसम्म डिपोजिट घटेको छ, हरेक महिना १२ देखि १५ करोड डलर घट्दै छ। डलरको डिपोजिट घटिरह्यो भने हाम्रो आयात घट्नेछ। हामीले विदेशी मुद्रा दिन सक्दैनौं।’ उनले सरकारले ल्याएको बजेट लक्ष्यभन्दा बाहिर भएको पनि टिप्पणी गरे। ‘तपाईले केही पैसा बाँड्ने कुरा गर्नुहोला चुनावमा प्रभाव पार्नुहोला। तर, अर्को सालमा जाँदा त टाउकोमा हात लगाएर बस्नुपर्ने र अर्थतन्त्र धराशायी भयो भनेर श्रीलंकाको जस्तो दशा हामीले देख्न नपरोस्। त्यस्तै खालको परिस्थिती उत्पन्न नहोस्’ उनको भनाइ थियो।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार