सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

१९ वटा सरकारी संस्थान घाटामा

१९ वटा सरकारी संस्थान घाटामा

साझा पोष्ट
शनिबार, जेठ १४ २०७९
  • images
    १९ वटा सरकारी संस्थान घाटामा
    images
    काठमाडौं । सञ्चालनमा रहेका सार्वजनिक संस्थानमध्ये आर्थिक वर्ष २०७७\७८ मा १९ नोक्सानीमा गएका छन् । २२ वटा संस्थानले मात्रै नाफा कमाएको आर्थिक सर्वेक्षणले देखाएको छ । सर्वेक्षणअनुसार नाफामा सञ्चालन भएका संस्थानबाट आर्थिक वर्ष २०७७\७८ मा सरकारले ६ अर्ब ७२ करोड १४ लाख रुपैयाँ लाभांश पाएको छ । आर्थिक वर्ष २०७६\७७ को लाभांश १४ अर्ब ९ करोड ९५ लाख रुपैयाँको तुलनामा आर्थिक वर्ष २०७७\७८ मा लाभांश ५२.३३ प्रतिशतले घटेको आर्थिक  सर्वेक्षण २०७८\७९ मा उल्लेख छ । आर्थिक वर्ष २०७७\७८ मा सार्वजनिक संस्थानको कुल सञ्चालन आय १.५१ प्रतिशतले बढेर ४ खर्ब ३५ अर्ब १७ करोड ३९ लाख पुगेको छ ।आर्थिक वर्ष २०७७\७८ मा सार्वजनिक संस्थानबाट १४ अर्ब ८२ करोड ९ लाख रुपैयाँ आयकर संकलन भएको छ ।   आर्थिक वर्ष २०७७\७८ मा संस्थानहरुको एकीकृत खुद नाफा २६ अर्ब ३५ करोड ८८ लाख रुपैयाँ छ । आर्थिक वर्ष २०७६\७७ मा यस्तो खुद नाफा ४८ अर्ब २९ करोड ८२ लाख रुपैयाँ थियो ।२०७८ असारसम्म सार्वजनिक संस्थानहरूमा नेपाल सरकारको सेयर लगानी ३ खर्ब १४ अर्ब ६५ करोड ७ लाख रुपैयाँ छ । २०७८ फागुनसम्म नेपाल सरकारको पूर्ण तथा अधिकांश स्वामित्व भएका सार्वजनिक संस्थानको संख्या ४४ छ । सरकारले संस्थानमा २ खर्ब ५२ अर्ब ६३ करोड ७९ लाख रुपैयाँ ऋण लगानी पनि गरेको छ । सार्वजनिक संस्थानको प्रशासनिक खर्चमा २.३८ प्रतिशतले वृद्धि भएको छ। आर्थिक वर्ष २०७७/७८ मा सेयरधनी कोष/नेटवर्थ गत आर्थिक वर्षको तुलनामा ७.३६ प्रतिशतले वृद्धि भई ७ खर्ब ५५ अर्ब ७२ करोड ९१ लाख भएको छ। समीक्षा अवधिमा संस्थानमा नेपाल सरकारको कुल लगानी गत आर्थिक वर्षको तुलनामा ९.१८ प्रतिशतले वृद्धि भई ५ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको छ।  

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार