सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

हवाई भाडा बढ्यो, अव काठमाडौंबाट धनगढी पुग्न साढे १५ हजार (सूचिसहित)

हवाई भाडा बढ्यो, अव काठमाडौंबाट धनगढी पुग्न साढे १५ हजार (सूचिसहित)

साझा पोष्ट
सोमबार, जेठ ९ २०७९
  • images
    हवाई भाडा बढ्यो, अव काठमाडौंबाट धनगढी पुग्न साढे १५ हजार (सूचिसहित)
    images
    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा भारी मूल्य बृद्धि गरेसँगै हवाई भाडा समेत बढेको छ । वायुसेवा सञ्चालक संघले बढेको मूल्य बुधबारदेखि लागु हुने गरी हवाई भाडा बढेको जानकारी दिएको हो । संघका अनुसार काठमाडौंबाट सबैभन्दा लामो दुरीमा रहेको रुट काठमाडौं–धनगढी पुग्न अव १५ हजार ६६५ रुपैयाँ लाग्ने भएको छ । यो रुटमा एकै पटक ४४५ रुपैयाँ भाडा बढेको हो । यसअघि इन्धनको मूल्य ६ हजार ८९० रुपैयाँ रहेको यो रुटमा अब इन्धनको मूल्य मात्र ७ हजार ३३५ रुपैयाँ पुगेको हो । निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ वृद्धि गरी १६६ रुपैयाँ पुर्‍याएको छ । काठमाडौं–भरतपुर ११०, काठमाडौं– विराटनगर २४०, काठमाडौं–भद्रपुर ३ सय, काठमाडौं–जनकपुर १३०, काठमाडौं–पोखरा १६०, काठमाडौं–भैरहवा २०५, काठमाडौं–नेपालगञ्ज ३२५, काठमाडौं–तुम्लिङटार १८५ र काठमाडौं–सिमरा रुटमा ९० रुपैयाँ भाडा बढेको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार