सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

दश प्रकारका बस्तु आयातमा प्रतिवन्ध, मोबाइलदेखि मदिरासम्म ल्याउन नपाइने

दश प्रकारका बस्तु आयातमा प्रतिवन्ध, मोबाइलदेखि मदिरासम्म ल्याउन नपाइने

साझा पोष्ट
मंगलबार, वैशाख १३ २०७९
  • images
    दश प्रकारका बस्तु आयातमा प्रतिवन्ध, मोबाइलदेखि मदिरासम्म ल्याउन नपाइने
    images
    १४ बैशाख, काठमाण्डौं । सरकारले १० प्रकारका सामान आयातमा प्रतिबन्ध लगाएको छ। डलर सञ्चिती निरन्तर घट्दै गएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना निकालेर मोबाइल सेटदेखि मदिरासम्मको आयातमा रोक लगाएको हो। मन्त्रालयका अनुसार कुरकुरे, कुरमुरे, लेज जस्ता उत्पादन पनि आयात गर्न पाइने छैन। कच्चा पदार्थबाहेक सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु, औद्योगिक कच्चा पदार्थबाहेक हिरा, खेल्ने तास, सबै प्रकारका खेलौनाको आयातमा पनि प्रतिवन्ध लगाइएको छ। ६ सय अमेरिकी डलरभन्दा बढी मूल्यका मोबाइल सेट, ३२ इन्चमाथिको रंगीन टेलिभिजन, एम्बुलेन्स र शवबाहनबाहेक जीप, कार र भ्यान तथा २५० सीसीमाथिका मोटरसाइकलको आयातमा पनि रोक लगाएको मन्त्रालयले जनाएको छ। आयातमा बन्देज लगाइएका सामान कूटनीतिक नियोगले आफ्नो प्रयोजनका लागि आफैंले ल्याउन भने बाधा नपर्ने सूचनामा उल्लेख छ। यो प्रतिबन्ध आगामी असार मसान्तसम्म लागू हुने मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार वैशाख १३ गतेअघि बैंकिङ प्रक्रिया पूरा गरेकाहरुको हकमा पनि याे प्रतिबन्ध लागू नहुने छैन ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार