मंगलबार, असार १९ गते २०८१
Logo
मंगलबार, असार १९ गते २०८१
images

जिल्ला न्यायाधीशमा ८ जना सिफारिस

जिल्ला न्यायाधीशमा ८ जना सिफारिस

आइतबार, असार १० २०८१
  • images
    जिल्ला न्यायाधीशमा ८ जना सिफारिस
    images

    काठमाडौं । न्याय सेवा आयोगले ८ जना जिल्ला न्यायाधीश सिफारिस गरेको छ। आयोगले सूचना प्रकाशित गरी लिखित परीक्षा र अन्तरवार्ताबाट नियुक्तिको लागि ८ जनाको नाम सिफारिस गरिएको जनाएको छ ।

    सिफारिस भएका जिल्ला न्यायाधीशमा कमलकान्त जोशी (खुला), नारायण सापकोटा (आन्तरिक खुला), वसन्तराज जोशी (खुल्ला), मनिराम ज्ञवाली (आन्तरिक खुला), अन्जनराज सापकोटा (आन्तरिक खुला) नीतिज राई (खुला) तिलक कार्की (आन्तरिक खुला) र चन्द्रमणि चापागाई (खुला) रहेका छन्।

    images
    images

    आयोगले आन्तरिक खुला, खुला, महिला, आदिवासी जनजाति, मधेशी र अपाङ्गता भएको समूह अन्तर्गत ४३ पदका लागि विज्ञापन गरेको थियो। तर, आयोगले जेठ ३१ गते सार्वजनिक गरेको उक्त परीक्षाको नतिजामा ८ जना मात्रै उर्तिण हुन सफल भएका हुन्। 

    उनीहरूको असार ६ र ७ गते अन्तर्वार्ता भएको थियो । उत्तिर्ण जिल्ला न्यायाधीशलाई प्रधानन्यायाधीशले नियुक्त गर्नेछन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार