मंगलबार, असार १९ गते २०८१
Logo
मंगलबार, असार १९ गते २०८१
images

रास्वपाको चियापान कार्यक्रममा प्रधानमन्त्रीलगायत शीर्ष नेताको 'लर्को' !

रास्वपाको चियापान कार्यक्रममा प्रधानमन्त्रीलगायत शीर्ष नेताको 'लर्को' !

शुक्रबार, असार ८ २०८१
  • images
    रास्वपाको चियापान कार्यक्रममा प्रधानमन्त्रीलगायत शीर्ष नेताको 'लर्को' !
    images

    काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत प्रमुख राजनीतिक दलका शीर्ष नेता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दोस्रो स्थापना दिवसमा आयाेजित चियापान समारोहमा सहभागी भएका छन् । 

    रास्वपाको केन्द्रीय कार्यालय वनस्थली, चमतिमा आयोजित चियापान समारोहमा सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र उपसभामुख इन्दिरा राना उपस्थित थिए ।       

    images
    images

    चियापान समारोहमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई पनि सहभागी भए । यस्तै जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष डा सीके राउतलगायत विभिन्न दलका नेता तथा मन्त्री पनि समारोहमा सहभागी भए ।  

    सो अवसरमा रास्वपा सभापति तथा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले पाहुना तथा आगन्तुकलाई स्वागत गर्नुभएको थियो । उहाँले सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै जनअपेक्षाअनुसार काम गर्न रास्वपा प्रयासरत रहेको बताए ।

    “सरकार चलाउने आधारहरु अहिले बनेका छन् । आमनागरिकको अपेक्षा ठूलो छ । ती अपेक्षा परिपूर्ति गर्न हामीलाई ठूलो चुनौती छ । हामी प्रयासरत छौँ”, सभापति लामिछानेले भने ।

    रास्वपा प्रतिनिधिसभामा २१ सांसदसहित सङ्घीय संसद्को चौथो ठूलो पार्टी हो । रास्वपाको स्थापना २०७९ असार ७ गते  भएको हो । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार